सुर्खेत । दाङमा बञ्चरोले हानेर दुई जनाको हत्या गरेको आरोपमा अटो चालक पक्राउ परेका छन ।
घोराही उपमहानगरपालिका(१० पहेलपारका ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर २ का ४४ वर्षीया संगीता सुनारको हत्या गरको आरोपमा उनलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले हत्या गरेको आरोपमा रोल्पाको थवाङ गाउँपालिका(२ घर भई घोराही उपमहानगरपालिका(१७ चौघेरामा बसोबास गर्दै आएका ५७ वर्षीय अटो चालक टेकबहादुर घर्तीलाई पक्राउ गरेको उहाँले बताउनु भयो । यस्तै सल्यानमा एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानले आज बिहान ६ बजे वनगाड कुपिण्डे नगरपालिका–४ देउलीका अन्दाजी ३४ वर्षका मनोज वुढाले ३२ वर्षका कमला वुढाको धारिलो हतियार प्रहार गरी हत्या गरेको जनाएको छ ।
श्रीमतीको हत्यापछि बुढा आत्माहत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी भवानीप्रसाद धमलाले बताउनु भयो ।
दाङमा बञ्चरोले हानेर दुई जनाको हत्या, सल्यानमा श्रीमान श्रीमती मृत फेला
दाङमा बञ्चरोले हानेर दुई जनाको हत्या, सल्यानमा श्रीमान श्रीमती मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
