सुर्खेत । उच्च अदालत सुर्खेतमा चालु आर्थिक वर्षको दश महिनामा ६ सय ८९ वटा उजुरी दर्ता भएका छन । उच्च अदालत सुर्खेतले आज पत्रकार सम्मेलन गर्दै पछिल्ला वर्षहरुमा उजुरीको संख्या बढ्दै गएको जनाएको छ ।
अदालतले गत बर्षका १ सय ६० र यो वर्षका ६ सय ८९ गरेर ८ सय ४९ मुद्दा दर्ता भएको जनाइएको छ। दर्ता भएका मुद्धा मध्ये ५ सय १८ उजुरीको अन्तिम टुंगो लागिसकेको छ भने बाँकी ३ सय ३१ अनुसन्धान कै क्रममा रहेको जनाइएको छ ।
अदालतका प्रशासन शाखाका अधिकृत खेमराज तिमिल्सिनाले अवार्षिक फछ्र्यौट लक्ष्यका आधारमा ७८।८४ प्रतिशत रहेको जानकारी दिनुभयो।
यसैबीच अदालतमा दर्ता भएका मुद्दा मध्ये जवरजस्ती करणी र ज्यान सम्बन्धी मुद्दा धेरै रहेका छन् । सबैभन्दा धेरै जबरजस्ती करणी सम्बन्धी १ सय ६४ मुद्दा रहेका छन भने ज्यान सम्बन्धी १ सय १३ मुद्दा दर्ता भएको जनाइएको छ ।
यस्तै लागुऔषध सम्बन्धी ५१ मुद्दा, विवाह सम्बन्धी ४७ र सम्बन्ध विच्छेद सम्बन्धी १६ मुद्दा दर्ता भएका छन् । उच्च अदालत सुर्खेतले सार्वजनिक सरोकारका विषयमा ८५ मुद्दा दर्ता भएकोमा ५२ मुद्दा फछ्र्यौट गरिसकेको जनाइएको छ ।
यसैबीच अदालतका बरिष्ठ न्यायाधीश कृष्णलाल भट्टराईले प्रविधिको विकास संगै अदालतले पनि त्यही अनुसारको सेवा दिइरहेको बताउनुभयो ।
उहाँले अहिले धेरै मुद्धा अनलाइनबाटै पनि दर्ता गर्न सकिने भएकाले त्यही अनुसारको सेवा लिन आग्रह गर्नुभयो ।
न्यायाधीश भट्टराईले संविधानले दिएको व्यवस्था अनुसार नै अदालतले फैसाला गर्ने भन्दै फैसला भएका विषयहरु कार्यान्वयन नहुनु दुखद भएको उल्लेख गर्नुभयो ।
अहिले हरेक अदालतमा वैतनिक वकिलको व्यवस्था गरिएको भन्दै गरिव, असायहरुको लागी निशुल्क कानुनी साहयताको व्यवस्था गरिएको बताउनुभयो ।
उच्च अदालत सुर्खेतमा चालु आर्थिक वर्षको दश महिनामा ६ सयभन्दा धेरै उजुरी दर्ता
उच्च अदालत सुर्खेतमा चालु आर्थिक वर्षको दश महिनामा ६ सयभन्दा धेरै उजुरी दर्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
