सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म १६ लाख बढीको अखाद्य बस्तुहरु बरामद गरी नष्ट गरेको छ।
बजार अनुगमनका क्रममा फेला परेका अखाद्य बस्तुहरु संकलन गरी खान आयोग्य भएका कारण अखाद्य बस्तुहरु नष्ट गरिएको हो ।
कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ को तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यो अवधिमा ३३३ पटक बजार अनुगमन गरिएको र त्यस क्रममा खान अयोग्य बस्तुहरु जफल गरी नष्ट गरिएको जनाइएको छ ।
पहिलो त्रैमासिकमा खाद्य निरीक्षकबाट १७४ पटक अनुगमन, १५९ पटक संयुक्त अनुगमन गरी कूल ३३३ पटक बजार अनुगमन गरिएको छ ।
हालसम्म खाद्य बजार १५० पटक, दाना बजार चार पटक, होटल, रेष्टुरेन्ट, खाजा घर, मिठाइ पसल ६९ पटक, खाद्य उद्योग २ पटक, दुध, तेल पानीजस्ता संवेदनशील खाद्यपदार्थ उत्पादन गर्ने उद्योग २ पटक गरी अनुगमन गरिएको कार्यालयका विवेक कोइरालाले जानकारी दिनुभयो । उहाँले अनुगमन गर्दा फेला परेका म्याद नाघेका पेय पदार्थ, जंक फुडहरु बरादम गरिएको र ती सवै नष्ट गरिएको बताउनुभयो ।
५२ हजार बढीको खाद्यान्न, १३ हजार बढीको तेल र घ्युजन्य, १० लाख १४ हजार बढीको दुध तथा दुग्यजन्य पदार्थ, ४ लाख ६१ हजार बढीको प्रशोधित पिउने पानीको अनुगमन गरी खान अयोग्य भएपछि नष्ट गरिएको उहाँले बताउनुभयो । यसैगरी कार्यालयले सुर्खेतका ३४ वटा होटलहरुको स्तरीकरण गरेको छ ।
कार्यक्रममा डिभिजन कार्यालय जुम्लाका पंकज दाहालले जुम्लामा ४४ हजार बढीको अखाद्य पदार्थ नष्ट गरिएको जानकारी दिनुभयो । कार्यालयका प्रमुख डा। क्षितिज श्रेष्ठले खाद्य स्वच्छता तथा गुणस्तर नियमनका वारेमा जानकारी गराउनुभएको हो ।
कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, चेम्बर अफ कमर्शका अध्यक्ष चिन्तामणि शर्मा, पत्रकार महासंघका अध्यक्ष ललित बसेल, उपभोक्ता अधिकार मंचका अध्यक्ष आकाशतारा बयकलगायतले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने, प्रयोगशाला भवन जतिसक्यो छिटो बनाउनुपर्ने जस्ता सुझाव दिएका छन् ।
चालु आर्थिक वर्षको तिन महिनामा १६ लाख बढीको अखाद्य बस्तुहरु बरामद गरी नष्ट
चालु आर्थिक वर्षको तिन महिनामा १६ लाख बढीको अखाद्य बस्तुहरु बरामद गरी नष्ट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
