दैलेख । दैलेखको दुल्लु नगरपालिका ६ मा भएको ट्याक्टर दुर्घटना परी अरु दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी चालक कमल शाही र दुल्लु नगरपालिका –६ का ५६ वर्षीया कमारो रावलको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुवैजनाको उपचारको क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो ।
दुल्लु नगरपालिका–६ धाडा जङ्गलमा भएको ट्र्याक्टर दुर्घटनामा ५५ वर्षीय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको थियो । गाउँमा विद्युत् विस्तार हुनुभएपछि पोल लिन गएका उनीहरु दुर्घटनामा परेका हुन ।
दुर्घटनामा परी ज्यान गुमाउने तीनै जना र घार्इते भएका चार जना घाइते सबै एकै गाउँका हुन् । विद्युतको पोल बोकेको भे।१त।८९६ नम्बरको ट्र्याक्टर पोल हल्लिएर सन्तुलन गुमाउन बिग्रन गर्इ दुर्घटना भएको प्रहरीको भनाई छ ।
ट्याक्टर दुर्घटना परी घाइते भएका थप दुई जनाको मृत्यु
ट्याक्टर दुर्घटना परी घाइते भएका थप दुई जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
