सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विगतका सरकारहरुले अगाडी बढाएका योजनाहरुलाई सम्पन्न गर्नेगरी काम गर्ने बताउनुभएको छ ।
आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति, कार्यक्रम तथा बजेट निर्माणको पूर्वसन्ध्यामा मंगलबार पत्रकारहरुसँगको छलफलमा मुख्यमन्त्री कँडेलले विगतका सरकारले अगाडि बढाएका तर हालसम्म पनि सम्पन्न हुन नसकेका आयोजना समयमै सक्ने गरी एकद्वारा प्रणालीमा आधारित बजेट निर्माणको क्रममा रहेको बताउनुभएको हो ।
विगतका सरकारले ल्याउने नीति, कार्यक्रम तथा बजेटमा समेटिने साना आकारका योजनाले विकास बजेटमा प्रभाव परेको उल्लेख गर्दै आगामी बजेटमा बिचौलियामार्फत झ्यालबाट आउने नभई योजना छनौटलाई संस्थागत गराइने मुख्यमन्त्री कंडेलेको दाबी छ ।
क्षमता, अवस्था र स्रोत समृद्ध कर्णालीका मुख्य चुनौती रहेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीलाई विकासको पथमा लैजान राजनीतिक नेतृत्व एक्लै दौडिएर सम्भव नहुने बताउनुभयो ।
‘हाम्रो क्षमता, अवस्था र स्रोतहरु नै हाम्रा अगाडि चुनौती बनेर उभिएको अवस्था हो,’ कँडेलले भन्नुभयो, ‘मसँग आमनागरिकले पृथक अपेक्षा राखेका छन्, यसमा म मात्रै दौडिएर हुँदैन, एउटा राजनीतिक नेतृत्व मात्रै दौडिएर हुँदैन, यसमा हाम्रो समग्र संयत्र दौडिनु पर्दछ, ।’
सरकारका नीति तथा कार्यक्रममा रहेका कमी कमजोरी बारे आफूले प्रदेशसभामा उठान गर्ने विषयवस्तुकै आधारमा सरकार अगाडि बढिरहेको उहाको भनाई छ ।
सुर्खेत विमानस्थल विस्तारका सन्दर्भमा पत्रकारहरुले राखेको जिज्ञासामा मुख्यमन्त्री कँडेलले संघीय सरकारले विस्तारको जिम्मा लिए प्रदेशको भाग बहन गर्न तयार रहेको बताउनुभयो ।
यस्तै उक्त छलफलमा पत्रकारहरुले मुख्यमन्त्री कँडेललाई आगामी बजेटमा विविध कारणले धरासायी बन्दै गएका स्थानीय रोजगार मुलक मिडिया हाउस जोगाउने कार्यक्रम, रुपान्तरणकारी ठुला पूर्वाधार निर्माणका आयोजनासँगै सामाजिक विकासका क्षेत्रमा नीति, कार्यक्रम तथा बजेट केन्द्रित हुनुपर्नेमा सुझाव दिएका थिए ।
आगामी बजेटमा बिचौलिया हाबी हुन दिइने छैनः मुख्यमन्त्री कंडेल
आगामी बजेटमा बिचौलिया हाबी हुन दिइने छैनः मुख्यमन्त्री कंडेल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
