काठमाडौं । उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो ।
जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले ८ वर्ष कैदका साथै लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो । त्यसपछि लामिछाने बलात्कार मुद्दामा आफू निर्दोष रहेको दावी गर्दै फागुन २० गते उच्च अदालतमा पुनरावेदन दर्ता गराउनुभएको थियो ।
बुधबार दुवै पक्षका वकिलहरूको बहसका साथै जवाफी बहस सकिएपछि सर्वोच्चले लामिछानेलाई सफाइ दिएको हो । बहसपछि न्यायाधीशहरूले सीसीटीभी फुटेज पनि हेर्नुभएको थियो । न्यायाधीशहरूले सन्दीप र गौशाला–२६ होटलभित्र पसेको र होटलबाट बाहिरिएको फुटेज हेर्नुभएको थियो ।
मंगलबार न्यायाधीशद्वय भट्ट र ढकालको संयुक्त इजलासमा बहस नसकिएपछि सुनुवाइका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । बहसका लागि दुवै पक्षका वकिललाई सर्वोच्चले डेढ घण्टाको समय दिएको थियो ।
यसअघि पटकपटक सुनुवाइ स्थगित हुँदै आएको मुद्दाको सुनुवाइका लागि गत वैशाख २३ गते पेशी तोकिएको थियो । उक्त दिन ुहेर्न नमिल्नेुमा परेपछि मंगलबारका लागि पेशी तोकिएको थियो ।
अघिल्लो पेसीमा इजलासले मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । यसअघि वैशाख ३ गते उच्च अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्म मिति सच्याउन दिएको निवेदन र जन्ममिति स्पष्ट खुल्ने काजगात झिकाउन आदेश दिएको थियो । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला २६ ले जन्ममितिसम्बन्धी स्पष्ट हुने काजगात झिकाउन आदेश दिएको हो । यसअघि जिल्ला अदालतले पीडित गौशाला २६ को उमेर १८ वर्ष कटेको ठहर गरेको थियो ।
पीडितको उमेर १८ वर्ष कटेको भएपनि सन्दीपले सहमतिबिना नै शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला अदालतले दोषी ठहर गरेको थियो । नाबालिग बलात्कार गरेको आरोपमा गौशाला(२६ ले लामिछानेविरुद्ध गत वर्ष भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। तर,अदालतले जबरजस्ती करणीको जाहेरी दिने किशोरी नाबालिग नरहेको ठहर गरेको थियो ।
काठमाडौंको गौशालास्थित एक होटलमा लगेर बलात्कार गरेको आरोपमा पीडितले उजुरी दिनुभएको थियो ।
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु