सुर्खेत । स्थानीय तहका प्रमुखहरुले आगामी वजेटमा स्वास्थ्य पुनस्थापना लगायत अन्य मागका आधारमा बजेट बिनियोजन गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनिहरुले अपाङ्गता भएका व्यक्तीहरूका लागि हरेक वर्ष पालिका मार्फत बजेट बिनियोजन गरिँदै आएको बताउँदै आगामी बर्षदेखि स्वास्थ्य पुनस्थापना लगायत अन्य मागका आधारमा बजेट बिनियोजन गर्ने प्रतिवद्धता जनाएका हुन् ।
राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशको आयोजना तथा एचआई युएसएआइडी सीविएम ग्लोवलसँगको साझेदारीमा सुर्खेतले सुर्खेतको लेकवेशीमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
पुर्वी सुर्खेतका तिनवटा पालिका प्रमुखहरुले अपाङ्गताको सवालमा आफुहरु प्रतिवद्ध रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै लेकवेशी नगरपालिका प्रमुख उमेश कुमार पौडेलले अपाङ्गताको सवालमा पालिकाबाट विभिन्न शिर्षकमा कार्यक्रम छुट्याइएको बताउँदै आगामी बर्षको कार्यक्रमदेखि स्वास्थ्य पुनःस्थापनाको लागि समेत बजेट विनियोजन गरिने बताउनुभयो ।
गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुनले पनि आगामी बर्षको नीति कार्यक्रम र बजेटमा स्वास्थ्य पुनःस्थापनाको सवाललाई समेटिने बताउनुभयो ।
सिम्ता गाउँपालिका प्रमुख लगायतको सहभागिता रहेको कार्यक्रममा मागको आधारमा अपाङ्गताको सवालहरुलाई समेटिने बताएका छन् ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ को दफा ४२ अनुसारको स्थानीय समन्वय समितिका पदाधिकारी जनप्रतिनिधि तथा पालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश व्यवस्थापक आन्न्द बहादुर बिष्टले स्वास्थ्य पुनस्थापना लगायत कर्णाली प्रदेशमा अपाङ्गता भएका व्यक्तीहरुको समग्र अवस्थाका सम्वन्धमा प्रस्तुतिकरण गर्नु भएको थियो ।
महासंघ कर्णाली प्रदेशका जनवकालत अधिकृत जितलाल ढकालले स्थानिय समन्वय समितिको काम कर्तव्य र अधिकार तथा अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँचका लागि गर्नुपर्ने प्रयायहरुका वारेमा जानकारी गराउनु भएको थियो भने प्रदेश परियोजना अधिकृत पार्वती आले स्वास्थ्य पुनर्स्थापना, सहायक सामाग्री सेवामा भए गरेका प्रयास तथा चुनौतिहरुका वारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको सहजीकरण स्थानिय अपाङ्गता भएका व्यक्तिहरु द्वारा संचालित संस्थाहरु अपाङ्ग एकता समाज गुर्भाकोट अपाङ्ग उत्थान केन्द्र सिम्ता तथा सामुदायिक अपाङ्गता विकास केन्द्र लेकवेशी सुर्खेतका पदाधिकारीले गर्नु भएको थियो ।
यसैबिच, राष्ट्रिय अपाङ्ग महासंघले अपाङ्गता भएका व्यक्तिहरुका लागि आगामी वर्षको नीति कार्यक्रममा पालिकाले समावेश गर्नुपर्ने सवालहरु पनि पालिकालाई हस्तान्तरण गरेको छ ।
स्वास्थ्य पुनःस्थापना सम्बन्धी अभिमुखिकरणः वजेटमा अपाङ्गताका सवाललाई समेटने प्रतिवद्धता
स्वास्थ्य पुनःस्थापना सम्बन्धी अभिमुखिकरणः वजेटमा अपाङ्गताका सवाललाई समेटने प्रतिवद्धता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
