सुर्खेत । कर्णाली प्रदेशमा उत्पादित वस्तुहरु अब अनलाइनबाटै किनबेच गर्न सकिने भएको छ ।
प्रदेशमै पहिलोपटक कर्णाली प्रदेश सरकार उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले प्रदेशमा उत्पादन हुने रैथाने वस्तुहरुको बजारिकरण अनलाइनबाटै हुने व्यवस्था मिलाएको हो ।
कर्णाली प्रदेशका रैथाने वस्तुहरुको बजारिकरणमा सहयोग गर्ने उद्देश्यले उद्योग निर्देशनालयले आधुनिक प्रविधिमा आधारित वेभ प्रोटल तयार गरि बिहीबार (आजा)सार्बजनिक गरेको छ ।
ई सौगात नाम दिइएको उक्त वेभ प्रोटलमार्फत अब कर्णालीका उद्योगी र कृषकहरुले आफ्ना उत्पादित वस्तुहरु सजिलै बेच्न सक्ने छन् ।
उत्पादनलाई डिजिटल प्रविधिसँग जोडिएको भन्दै उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक मुकुन्दनाथ योगीले कर्णालीको रैथाने वस्तुहरु सजिलै किन्न सकिने जानकारी दिनुभयो ।
“यो प्रोटल कृषि, उद्यमीबाट उत्पादित वस्तुहरु अनलाइन प्रविधिबाट बजारिकरण गर्ने उद्देश्यका साथ निर्माण गरिएको हो, निर्देशक गिरीले भन्नुभयो,” “यसमा उद्योगी तथा उपभोक्ताले नीजि खाता बनाउन सक्ने छन्, भने उद्योगहरुले छुट्टाछुट्टै आउटलेटहरु प्राप्त गर्ने छन्, उक्त आउटलेटबाट उत्पादन, उत्पादनको विवरण र उद्योगहरु विवरण प्रर्दशन हुन्छ, अनि बजारिकरण शुरु हुने छ ।”
अहिले पनि कर्णालीमा उत्पादन हुने तर बजारिकरण नहुँदा वस्तुहरु खेर गइरहेको भन्दै नयाँ प्रविधिसँग उत्पादनलाई जोड्न खोजिएको बताउनुभयो ।
वेभ प्रोटल सार्बजनिक गर्दै कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग बहादुर रावतले कर्णालीमा उत्पादन भएका वस्तुहरु बजारिकरणको अभावमा रहेको भन्दै डिजिटल बजारिकरण हुनु सुखत शुरुवात भएको बताउनुभयो ।
उहाले अहिलेको समय प्रविधिको रहेको भन्दै उत्पादनलाई प्रविधिसँग जोडेर बजारिकरण गर्न शुरुवात गरिएको बताउनुभयो ।
अब यही प्रविधि मार्फत बिचौलिया हाबी हुने र कृषक तथा उद्यमी मारमा पर्ने समस्या हटाउनेगरी लाग्नुपर्नेमा उहाको जोड छ ।
अब बजारिकरणसँगै उत्पादनमा समेत प्रविधिको प्रयोग बढाउनेगरी सरकारले काम गर्ने मन्त्री रावतको भनाई छ ।
“समयअनुसार हरेक क्षेत्रलाई जोड्नुर्छ, त्यही अनुसार उद्योग र कृषि क्षेत्रलाई पनि जोड्न खोजिएको छ, मन्त्री रावत भन्नुहुन्छ, अब उत्पादनलाई बजारिकरण गर्न डिजिटल माध्यमको प्रयोग भएजस्तै उत्पादनमा पनि डिजिटाइलेजसन गर्नुपर्छ, यसले कृषक उद्योगी र उपभोक्ता सधै मारमा पर्ने बिचौलिया मोटाउने प्रविधि अन्त्य हुन्छ ।”
वेभ सार्बजनिक कार्यक्रममा विभिन्न सरोकारवाला नीकायहरुले उत्पादनलाई प्रविधिसँग जोड्ने र बजारिकरण पनि प्रविधिमैत्री हुनुले आशा जगाएको भन्दै यसको निरन्तरताको लागि आग्रह गरेका छन् ।
यो वेभ प्रोटल निर्माण गर्नको लागि निर्देशनालयले करिब १० लाख रकम खर्च गरेको बताएको छ ।
वेभ प्रोटल खोल्न यहाँ क्लिक गर्नुहोस् ।
https://esaugat.karnali.gov.np/

