सुर्खेत । कर्णाली प्रदेशमा संचालित ठुला आयोजनाहरुलाई चाँडै सम्पन्न गर्न सर्बदलिय बैठकले संघिय सरकारलाई आग्रह गरेको छ ।
मुख्यमन्त्री यामलाल कंडेलको आव्हानमा बसेको सर्बदलिय बैठकले कर्णालीमा संचालित केही आयोजनाहरुलाई प्रदेशका गौरबका रुपमा लिँदै छिट्टै कार्यान्वनय गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।
कडेलको अध्यक्षतामा सम्पन्न सर्बदलिय बैठकले कर्णालीका नागरिकको जीवनस्तरसंग प्रत्यक्ष सरोकार राख्ने संघीय सरकारद्रारा सञ्चालित विभिन्न योजना कार्यान्वयनका लागि छुट्टै संरचना बनाउनुपर्ने भन्दै ति योजनाका लागि पर्याप्त बजेट विनियोजन गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।
जस अन्तरगत कर्णाली करिडोर (सुर्खेतदेखि हुम्लासम्म), भेरी करिडोर (सुर्खेतदेखी डोल्पासम्म) र कर्णाली राजमार्ग (कालिकोटदेखी मुगु—रारा हुँदै नाक्चेनाग्लासम्म) आयोजनाहरु रहेका छन् ।
यस्तै हाल सञ्चालन भइरहेको हवाई सेवालाइ भरपर्दो र विश्वासिलो बनाउन प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको सुर्खेत बिमानस्थलको बिस्तार तथा थप पूर्वाधारको विकास गर्नको संघिय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
यस्तै, सुर्खेतबाट कर्णालीका अन्य जिल्ल्लाहरुमा नियमित रुपमा हवाइ सेवा संचालनका लागी संघीय सरकारलाई बैठकले अनुरोध गरेको छ ।
संघीय सरकारको वार्षिक नीति तथा कार्यक्रममा वर्षेनी उल्लेख हुने तर कार्यान्वयनमा हालसम्म नआएको प्रदेश प्रवेशद्धारको रुपमा रहेको कोहलपुर—सुर्खेत सडकलाई चार लेन बनाउने योजना कार्यान्वयन गर्न आवश्यक बजेटको व्यवस्था गरिदिन बैठकले अनुरोध गरेको छ ।
सर्बदलिय बैठकले कर्णालीको प्राकृतिक श्रोतको रुपमा रहेको भेरी नदिलाई आधार बनाएर निर्माण हुन लागेको भेरी बबई डाइभर्सन आयोजनाको प्रत्यक्ष लाभान्वित हुने लुम्बिनी प्रदेशको बाँके, बर्दिया भएको भन्दै त्यस आयोजनाबाट त्पादन हुने बिजुलीको रोयल्टी कर्णाली प्रदेशले पाउनेगरी कानूनी र नीतिगत व्यवस्था गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
यसैबिच, भुकम्प गएको लामो समयसम्म पनि जाजरकोट र रुकुम पश्चिमका पीडितहरुले अझै पनि अस्थायी आवासको दोश्रो किस्ताको रकम पाउन नसकेको भन्दै पुर्ननिर्माणको काम शुरु हुन नसक्दा भुकम्प पिडित समस्या परेको बैठकको निश्कर्ष छ ।
भुकम्पबाट प्रभावित क्षेत्रका नागरिक थप पीडित बन्दै गएकाले अस्थायी आवासको लागी छुट्टयाइएको दोश्रो किस्ताको रकम तत्काल वितरण गर्न र पुर्ननिर्माणको काम तत्काल प्रभावकारी रुपमा संचालन गर्न अनुरोध गर्ने निर्णय गरेको जनाइएको छ ।
यसैबिच, प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागी भेरी लिफ्टिङ्ग खानेपानी आयोजना कार्यान्वयनको प्रारम्भिक अवस्थामा रहेकोले यसलाई द्रुत गतिमा संचालनको कार्यान्वयनको प्रक्रिया आगाडी बढाउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको बैठकले संस्थागत, पारदर्शी, परिणाममुखी हुने गरी योजना छनौट गर्न र कार्यान्वयन पक्ष कमजोर भएकोले बजेटको प्रभावकारी कार्यान्वयनको लागी प्रदेश सरकारको ध्यानाकर्षण गराइको छ ।
बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (समाजवादी केन्द्रं) र राष्टिय प्रजातन्त्र पार्टीको सहभागिता रहेको थियो ।
प्रदेशका गौरवका आयोजनाहरुलाई चाँडै सम्पन्न गर्न संघिय सरकारलाई अनुरोध गर्ने सर्बदलिय बैठकको निर्णय
प्रदेशका गौरवका आयोजनाहरुलाई चाँडै सम्पन्न गर्न संघिय सरकारलाई अनुरोध गर्ने सर्बदलिय बैठकको निर्णय
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु