सुर्खेत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कर्णाली प्राकृतिक श्रोतको धनी भएपनि गरिब प्रदेश भनेर विगतदेखि नै भाष्य निर्माण गरिएको बताउनुभएको छ ।
आज कर्णाल िप्रदेशको राजधानी वीरेन्द्रनगरमा गरिएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले प्राकृतिक श्रोतको खानी यो प्रदेशमा सम्भाना धेरै रहेको बताउनुभएको होे ।
उहाले कर्णालीमा रहेका ढुङ्गा बेचेरै प्रसस्त आम्दानी लिन सकिने प्रचुर सम्भावना रहेको बताउँदै यसबाट हजारौँलाई रोजगारी दिन सकिने बताउनुभयो ।
उहाले भन्नुभयो, “नकरात्मक रुपमा कर्णालीलाई व्याख्या गर्नेभन्दा पनि सकारात्मक पक्षतर्फ पनि ध्यान दिऔँ, यहाँको सम्भावनातर्फ सबैले ध्यान दिएर त्यही अनुसार योजना बनाउनुपर्छ ।”
उहाले रोजगारीको लागि विदेशिनुपर्ने बाध्यतालाई कम गर्न स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्नेगरी आफुले योजना बनाएको बताउनुभयो ।
“अहिले देशमा केही हुँदैन की ? भन्ने निराशा बढ्दो छ, त्यो निराशालाई आशामा बदल्नेगरी मैले केही योजना ल्याएर शुरुवात गरिसकेको छु उहाले भन्नुभयो,” “स्वदेशमै रोजगारीका प्रसस्त सम्भावना छन् । अब स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्छौ, त्यसको लागि हामीले केही नयाँ सोच र जोशका साथ कामको थालनी गरेका छौँ ।”
प्रधानमन्त्री रोजगार कार्यक्रमको नाम र काम परिवर्तन गर्नेगरी लागिएको भन्दै अहिलेसम्म प्रधानमन्त्री रोजगारीको नाममा धेरै रकम खर्च भएपनि उपलब्धी हासिल हुन नसकेको बताउनुभयो ।
आगामी बर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट धेरै प्रतिफल प्राप्त हुने दाबी मन्त्री अर्यालको छ । भारततर्फ रोजगारीमा जानेहरुको समेत तथ्याङ्क राख्नेगरी काम भइरहेको उहाको भनाई छ ।
यस्तै, मन्त्री आर्यालले आफ्नो पार्टी सभापति एवम गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोप सत प्रतिशत गलत रहेको दाबी गर्नुभएको छ ।
ठुला दलका केही नेताहरुलाई आफ्नो पर्टी सभापतिदेखि डर रहेको उल्लेख गर्दै उहाले संसदीय छानबिन समितिका नाममा संसदीय क्रियाकलाप प्रभावित बनाइएको बताउनुभयो ।
आफूहरू समाजको स्वरुप फेर्नेगरी आएको बताउँदै उहाले केही पार्टी सत्ता बाहिर रहदा पानीबिनाको माछा जस्तो भएको बताउनुभयो ।
यसैबिच, श्रम तथा रोजगार मन्त्रालयले सुर्खेतमा जेठ २५ र २६ रोजागर मेलाको आयोजना गर्ने भएको छ ।
आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरमा दुइदिने रोजागर मेलाको आयोजना गरिएको मन्त्रालयका सहसचिव दिपक नेपालले जानकारी दिनुभयो ।
मेलामा विभिन्न सीप प्रदर्शन र आदनप्रदान लगायतका क्रियाकलाप हुने जनाइएको छ ।
मन्त्रालयले रोजगार मेला सबै प्रदेशमा गर्ने जनाएको छ । त्यही अन्तरगत कर्णाली प्रदेशमा पनि रोजगार मेलाको आयोजना गरिएको नेपालले बताउनुभयो ।
कर्णालीको ढुङ्गा बेचेरै लाखौलाई रोजगारी दिन सकिन्छः मन्त्री अर्याल
कर्णालीको ढुङ्गा बेचेरै लाखौलाई रोजगारी दिन सकिन्छः मन्त्री अर्याल
"कर्णालीमा दुइदिन रोजगार मेलाको आयोजना "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

