सुर्खेत । दैलेखबाट सुर्खेत आउँदै गरेको मिनी बस वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतको कटकुवा नजिक दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ ।
सोमबार आज दिउँसो कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस दुर्घटनामा हुँदा दुइजनाको मृत्यु भएको हो ।
दुर्घटनामा परि दुल्लु नगरपालिका–१० गमौडी घर भइ हाल ठाकुरवावा नगरपालिका–५ नेउलापुर बस्दै आउनुभएका ६५ वर्षीय शेरबहादुर खड्का र दैलेख डुङ्गेश्वर गाउँपालिका ६ भिमसेन राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी वीरेन्द्रबिर विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाडीमा सवार अन्य २१ जना घाइते भएका छन् । घाइतेहरुमध्य एकजनाको अवस्था गम्भिर रहेको छ भने अन्य २० जना सामान्य रहेका छन् ।
घाइतेहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेत र वीरेन्द्रनगरका केही मेडिकलहरुमा उपचार भइरहेको विश्वकर्माले बताउनुभयो ।
उभर स्पिड कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी विश्वकर्माले बताउनुभयो ।
गाडी सडकबाट तल खसेको र रूखले अट्काउँदा थप मानवीय ठूलो क्षती हुनबाट जोगिएको जनाइएको छ ।
दैलेखबाट सुर्खेत आउँदै गरेको मिनी बस दुर्घटना हुँदा दुइजनाको मृत्यु, २१ जना घाइते
दैलेखबाट सुर्खेत आउँदै गरेको मिनी बस दुर्घटना हुँदा दुइजनाको मृत्यु, २१ जना घाइते

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु