सुर्खेत । सुर्खेतका अपाङ्गता भएका व्यक्तीहरुलाई तरकारी खेती सम्बन्धि तालिम दिइएको छ ।
वीरेन्द्रनगर नगरपालिकासँगको समन्वय र फेल्म नेपालको सहयोग तथा परिलक्षित संस्थाको आयोजनामा अपाङ्गता भएका व्यक्तीहरुको लागि एक दिने तालिम दिइएको हो ।
तालिममा सहभागि भएका अपाङ्गता भएका व्यक्तीहरुले तालिमबाट तरकारी खेती कसरी गर्ने ? उत्पादन कसरी बढाउने भन्ने बारेमा जानकारी पाएको बताएका छन् ।
उनिहरुले अब तालिमबाट सिकेको आधारमा तरकारी उत्पादन गरी आत्मनिर्भर बन्ने योजना बनाइएको बताएका छन् ।
तालिममा सहभागि वीरेन्द्रनगर १० का रत्न थापाले आफु अपाङ्गता भएको व्यक्ती भएको बताउँदै सिप सिकेर तरकारी खेती गर्न चाहेको बताउनुभयो ।
उहाले आफुले अब व्यवसायिक रुपमा तरकारी खेतीतर्फ लाग्ने भन्दै सिकेका कुरा व्यवहारमा लागु गर्ने बताउनुभयो ।
अर्का सहभागि भेरीगंगा नगरपालिका ९ का मन बहादुर आर्गीले पनि आफुले सिकेको सिप व्यवहारमा लागु गर्दै ृआत्मनिर्भर हुने योजना सुनाउनुभयो ।
गुर्भाकोट नगरपालिका १२ का हरि बहादुर शाही पनि तरकारी खेती गर्दै आउनुभएको छ । तालिमले आफुलाई अझै व्यवसायी बनाउन मद्दत गर्ने उहाको भनाई छ ।
यस्तै, परिलक्षित संस्थाका कार्यक्रम संयोजक राजु लामिछानेले आफुहरुले अपाङ्गता भएका व्यक्तीहरु लक्षित गरेर विभिन्न आयआर्जनमुलक सिपहरु सिकाइरहेको बताउँदै त्यही अन्तरगत तरकारी खेती सम्बन्धीको सिप सिकाइएको जानकारी दिनुभयो ।
यता, वीरेन्द्रनगर नगरपालिका कृािष शाखा प्रमुख हेमराज केसीले आगामी बर्षको नीति कार्यक्रम र बजेटमा अपाङ्गता भएका व्यक्तीहरुलाई विभिन्न आयाआर्जसँग जोड्नेगरी योजना बनाइने प्रतिवद्धता जनाउनुभएको छ ।
उहाले विशेषगरी कृषि गर्न इच्छुक अपाङ्गता भएका व्यक्तीहरुलाई विभिन्न सिपसँगै आत्मनिर्भरताको बाटोमा लैजाने बताउनुभयो ।
वीरेन्द्रनगरमा गरिएको तालिममा सुर्खेत वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाका अपाङ्गता भएका व्यक्तीहरुको सहभागिता रहेको थियो ।
अपाङ्गता भएका व्यक्तीहरुलाई तरकारी खेती सम्बन्धि तालिम
अपाङ्गता भएका व्यक्तीहरुलाई तरकारी खेती सम्बन्धि तालिम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

