कर्णालीमा लगानीको वातावरण सिर्जना हुनेगरी अगामी आर्थिक बर्षको नीति कार्यक्रम र वजेट ल्याउन नीजि क्षेत्रका उद्योगी व्यवसायीहरुले सुझाव दिएका छन् ।
आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेटमा सुझाव संकलनको लागि मुख्यमन्त्री यामलाल कंडेलले आयोजना गर्नुभएको छलफल कार्यक्रममा सहभागी भएका नीजि क्षेत्रका उद्योगी व्यवसायहरुले यस्तो माग गरेका हुन् ।
उद्योग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष पदम बहादुर शाहीले कर्णालीको विकासका लागि विगतदेखि नै आफुहरुले प्रदेश सरकारलाई सुझाव दिँदै आएको बताउँनुभयो ।
उहाले कर्णालीमा सरकारी र नीजि क्षेत्रको साझेदारीमा उद्योगहरु स्थापना गर्नपर्ने भन्दै यसबाट रोजगारी सिर्जना गर्न सकिने तर्फ ध्यान दिन मुख्यमन्त्री कंडेललाई सुझाव दिएको बताउनुभयो ।
“कर्णालीमा निजि क्षेत्र र सरकारी साझेदारीमा उद्योग खोलौं । यसले यहाँको रोजगारी सिर्जना गर्न सघाउ पुग्छ उहाले भन्नुभयो,” “कर्णालीमा उद्योग क्षेत्रमा लगानी गर्न नीजि क्षेत्र सधै तयार छ, सरकारले वातावरण सिर्जना गर्नुपर्छ ।”
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले सुर्खेत विमानस्थलको स्तरउन्नती गर्नुपर्ने बताउँदै सुब्बाकुनादेखि बाङ्गेसिमलसम्मको बाटो चार लेनबाट छ लेनको बनाउनु पर्ने सुझाव दिइएको बताउनुभयो ।
सुर्खेत वीरेन्द्रनगर बजारलाई स्मार्ट सिटी बनाउनेगरी आगामी बर्षको नीति कार्यक्रम र वजेट आउनुपर्ने उहाको सुझाव छ ।
“कर्णालीमा जल, जंगल, पर्यटनका क्षेत्रका धेरै संम्भावना छ, उहाले भन्नुभयो,” तिनैलाई समेटर हामीले कर्णालीको कनेक्भीटीसहित विकासको माग गरेका छौं ।”
उद्योग तथा पर्यटन व्यवसायी सुर्य थापाले कर्णालीमा उद्योगधन्दा तथा अन्य क्षेत्रमा दक्ष जनशक्ति नहुँदा अहिले पनि बाहिरबाट जनशक्ति ल्याउनुपर्ने बाध्यतालाई हटाउनेगरी सरकारले योजना बनाउनुपर्ने सुझाव दिनुभयो ।
कर्णालीमा अहिले पर्यटन लगाएतका क्षेत्रको प्रचुर संम्भावना भएकाले त्यसका लागि भारत लगाएतका देशमा कर्णालीको पर्यटन क्षेत्रको प्रसारप्रचार आवश्यक रहेको नेपाल च्याम्बर अफ कमर्शका चिन्तामणी शर्माले बताउनुभयो ।
यता, मुख्यमन्त्री यामलाल कंडेलले कर्णालीको विकासका लागि निजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै त्यसका लागि उद्योगी तथा व्यवसायीको राय लिन छलफल गरिएको बताउनुभयो ।
आगामी आर्थिक वर्षको निति कार्यक्रम र बजेटमा महत्वपूर्ण सुझावहरुलाई समेटिने मुख्यमन्त्री कंडेलले बताउनुभयो ।
“सबै क्षेत्रका सरोकारवालासँग छलफल गरेर सरकारले ल्याउने विकास निर्माणमा उपनत्वको भावना नभए त्यसले सार्थकता पाउँदैन्, मुख्यमन्त्री कंडेलले भन्नुभयो ।”
निजि क्षेत्र सवल बन्दैन तब देशको विकास नहुने भन्दै प्रदेश सरकारले निजि क्षेत्रसँग मिलेर काम गर्ने मुख्यमन्त्री कंडेलले बताउनुभयो ।
विकास, निर्माण, रोजगारी पर्यटन लगायतका विषयमा मुख्यमन्त्री कँडेलले निजि क्षेत्रसँग छलफल गर्नुभएको हो ।
कर्णालीमा लगानीको वातावरण बनाउनेगरी अगामी बर्षको वजेट ल्याउन नीजि क्षेत्रका सुझाव
कर्णालीमा लगानीको वातावरण बनाउनेगरी अगामी बर्षको वजेट ल्याउन नीजि क्षेत्रका सुझाव
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
