सुर्खेत । कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमाले सांसद विनोदकुमार शाहले शपथ लिनुभएको छ । बुधबार (आज) उहालाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
शाहले यसअघि उक्त मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गर्नुभएको थियो । त्यसपछि मुख्यमन्त्री यामलाल कँडेलले उक्त मन्त्रालय आफैसँग राख्नुभएको थियो । अहिले मुख्यमन्त्री कँडेलले पुनः शाहीलाई त्यही मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।
एमालेका विनोदकुमार शाहले लिए कृषि मन्त्रीको शपथ
एमालेका विनोदकुमार शाहले लिए कृषि मन्त्रीको शपथ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु