सुर्खेत । कर्णालीमा विभिन्न घटनामा दुइजनाको मृत्यु भएको छ ।
सुर्खेत र सल्यानमा भएका छुट्टाछुट्टै घटनामा दुइजनाको मृत्यु भएको हो ।
सुर्खेत वीरेन्द्रनगरमा कारको ठक्करबाट एक जना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोकबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार बेलुका वीरेन्द्रनगरको तीनकुनेस्थित बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको कारले पैदल यात्री शाहीलाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट घाइते भएका उहाको प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उहालाई ठक्कर दिएको कारको पहिचान हुन सकेको छैन । खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी वीरेन्द्रनबीर विश्वकर्माले जानकारी दिनुभयो ।
यस्तै, सल्यानको कुपिण्डे तालमा डुबेर एक महिलाको मृत्यु भएको छ । सल्यान शारदा नगरपालिका ८ मार्के आरामेलटाकुराकी ३० वर्षीया कमला कुँवरको कुपिण्डे तालमा डबेर मृत्यु भएको प्रहरीको भनाई छ ।
आज बिहान साढे ७ बजेतिर आफन्तसंग पुजा गर्नको लागि कुँवर बनगाड कुपिण्डे नगरपालिका ८ कुपिण्डेताल पुग्नुभएको थियो । ताल नजिकै रहेको बराह मन्दिरमा जानुभएका उहाको शरीरमा देवता चढेको भन्दै तालमा हाम फालेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवम् डिएसपी नविन कार्कीले जानकारी दिनुभयो ।
तालमा डुबेकी कुवरलाई आफन्त र स्थानीयले उद्धार गरेका थिए । उद्धारपछि उपचारका लागि सल्यान जिल्ला अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको प्रमुख एवम् डिएसपी कार्कीको भनाइ छ । घटनाको थप अनुसन्धान भई रहेको र मृत्यु भएकी महिलाको शव जिल्ला अस्पताल सल्यानमै पोष्टमार्टमको लागि राखिएको प्रहरीको भनाई छ ।
कर्णालीमा विभिन्न घटनामा परि दुइजनाको मृत्यु
कर्णालीमा विभिन्न घटनामा परि दुइजनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
