सुर्खेत । सुर्खेत वीरेन्द्रनगर–१६ मेहेलीमा प्रेसर कुकर बम फेला परेको छ । खेतबारी खन्ने क्रममा पुरानो प्रेसर कुकर बम फेला परेको हो ।
स्थानीय चन्द्रबहादुर बोहराको गाईगोठदेखि एक सय मिटर टाढा खेतबारी खन्ने क्रममा शंकास्पद बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सूचना पाए लगत्तै अस्थायी प्रहरी पोष्ट मेहेली सुर्खेतका प्रहरी हवल्दार लाल बहादुर बोहराको नेतृत्वमा खटिएको टोलीले घटनास्थलमा तत्कालकालागि सिल गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी रुपेश खड्काले नेपाली सेनाको टोलीले बमलाई निष्कृय पारेको बताउनु भयो ।
बम कसले कहिले र किन राख्यो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले एसपी खड्काले जनाउनु भयो ।
वीरेन्द्रनगर–१६ मेहेलीमा प्रेसर कुकर बम फेला
वीरेन्द्रनगर–१६ मेहेलीमा प्रेसर कुकर बम फेला

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु