सुर्खेत । मुख्यमन्त्री यामलाल कंडेलले विगतदेखि योजना छनौटमा आम रुपमा नकरात्मक टिप्पणी हावी भइरहेको अवस्थामा त्यसलाई कसरी सकरात्मक रुपमा बदल्ने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत रहेको बताउनुभएको छ ।
प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन अर्थात वजेट अधिवेशनको पहिलो बैठकमा आफ्नो धाराणा राख्दै उहाले यस्तो बताउनुभएको हो ।
प्रदेश सरकारका अधिकार कार्यान्वयन नहुँदा प्रदेश सरकारले भनेअनुसार गति लिन नसकेको भन्दै संरचनामा संघियता मानसिकतामा केन्द्रीयता अहिले पनि कायम रहेको बताउनुभयो । “संरचनागत रुपमा त देश संघियतामा गयो, तर मानसिकता र दृष्ट्रिकोणमा केन्द्रीकृत अवस्था छ, मुख्यमन्त्री कंडेलले भन्नुभयो,” “जसका कारण प्रदेश सरकारका कामकारवाही अगाडी बढाउन केही जटिलताहरु छन् ।”
प्रदेश सरकारका काम कारवाहीलाई गति दिने चुनौती आफुरुमा रहेको मुख्यमन्त्री कंडेलले बताउनुभयो ।
“प्रदेश सरकारलाई अब गति दिनुपर्नेछ । सबै जनताको र माननिय ज्युहरुको भावना र सुझावअनुसार नीति कार्यक्रम ल्याउन सकियोस भन्ने हेतुतले नीति कार्यक्रम ल्याउनुभन्दा अगाडी जुन प्रि वजेटमाथीको छलफल हुने अभ्यास छ । त्यसमार्फत मलाई लाग्छ सबै माननिय सदस्यहरुको सुझाव हामीले प्राप्त गर्नेछौँ, मुख्यमन्त्री कंडेलले भन्नुभयो,”
मुख्यमन्त्री कंडेले अघि भन्नुभयो, “योजना छनौटको वीधि केहो ? के गर्नुपर्ने होला ? म सभामुख मार्फत अनुरोध र आग्रह गर्न चाहान्छु, कति ढङ्ग पुर्याए पुर्याएनन् हाम्रा स्थानीय तह र प्रदेशका जिल्लागत संरचनाहरुले त्यो एउटा अवस्था छ । म सभामुख मार्फत अनुरोध र आग्रह गर्न चाहान्छु यसपटकको वजेट बनाउँदा आफुलाई लागेको निवेदन लिएर खल्तिमा बोकेर जिल्लाजिल्लाबाट प्रदेशको राजधानी आउने विगतमा थियो अहिले पनि छ । त्यसो नगर्न म आग्रह गर्न चाहान्छु ।”
प्राप्त स्रोत, साधन र छनौट गरिएको योजना बिचमा तादम्यता नमिलेको भन्दै मुख्यमन्त्री कंडलले यसले योजना कार्यान्वयनमा चुनौती थपेको बताउनुभयो ।
“हामीलाई प्राप्त भएका साधन र श्रोत हामीले छनौट गरेका योजनामा तादम्यता मिल्दैन । अहिले बहुवर्षे योजना, श्रोत सुनिश्चितताका योजना कतिपय क्रमागतका योजनाहरुमा छुट्याइएको वजेट र तिनिहरुको कार्यक्रममा तादम्यता नमिल्दा कार्यान्वयनमा चुनौती छ, मुख्यमन्त्री कंडेलले भन्नुभयो,”
कतिपय योजना ठेकेदारको कारणले कार्यान्वयन हुन नसकेको मुख्यमन्त्रीको भनाई छ । मुख्यमन्त्री कंडेलले भन्नुभयो, “म सबै निर्माण व्यवसायी गलत छन् भन्दिन । तर हामीले छुट्याएको वजेटको मात्राको आधारबाट निर्माण व्यवसायीले गतिको साथ काम गर्न नसक्दा सबै योजना अलपत्र हुने, गति नलिने, काम कहिले नहुने अनि जनता असन्तुष्ट हुने जुन परम्परा छ त्यसलाई बदल्नुपर्ने छ ।”
प्रदेशसभामा दिइने सुझाव नीति कार्यक्रम वजेटको लागि सरकारलाई उपयोगी हुने उहाको भनाई छ ।
काँग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले कर्णालीको विकास र समृद्धीको यो अधिवेशन कोषेढुङ्गा सावित हुनेछ भन्ने सुवेक्षा व्यक्त गर्नुभयो ।
कर्णालीका समृद्धी, विकास र सामाजिक न्यायको लागि विभाजित हुनुपर्ने कुनै कारण नभएको भन्दै सरकारको व्यवहार र शैलिका आधारमा आफुहरु अगाडी बढ्ने बताउनुभयो ।
माओवादी केन्द्र संसदीय दलका नेता एवम पुर्व मुख्यमन्त्री राज बहादुर शर्माले अहिलेको काम गर्ने तरिका र संयन्त्रहरुबाट काम गर्न धेरै असहज रहेको बताउनुभयो ।
उहाले सबै दलले विकासमा ऐकेवद्धता जनाउनुपर्ने भन्दै मेरै गोरुको बाह्रै टक्का गरे विकासको गति अगाडी बढ्न नसक्ने बताउनुभयो ।
उहाले संघियता कार्यान्वयनको तहमा गइसकेको लामो समय भइसक्दा पनि जनताले सोचेअनुसारको परिवर्तन नपाएको बताउनुभयो ।
आजको बैठकमा सांसदहरु टेकराज पछाई, शोसिला शाही, कल्याणी खड्का लगायतले दलिय धाराणा राख्नुभएको थियो ।
प्रदेश प्रमुख तिलक परियारको आव्हानमा कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशन अर्थात वजेट अधिवेशन शुरु भएको हो ।
यही अधिवेशनमा प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट प्रस्तु गर्ने छ ।
प्रदेश सरकारले आगामी असार १ गतेभित्र आफ्नो बजेट तथा त्यसको कम्तीमा एक साताअघि वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । –––
