सुर्खेत । गत कात्तिक १७ गते जाजरकोट जिल्लामा गएको भुकम्पबाट क्षतीको पुननिर्माणको कामलाई तिव्रता दिने भएको छ ।
अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्षको वजेट कार्यक्रम मार्फत पुन निर्माणको कामलाई तिव्रता दिनेगरी वजेट विनियोजन गरिएको बताउनुभएको हो ।
उहाले भुकम्पबाट क्षती भएका संरचना पुनः निर्माणको लागि २१ अर्ब ६० करोड विनियोजन गरिएको बताउनुभयो ।
भुकम्प प्रभावितहरु लामो समयदेखि घरबारबिहिन भएको बेला सरकारले ल्याएको वजेटले प्रभावितहरुलाई उत्साहित बनाएको छ ।
जाजरकोट भुकम्पबाट क्षती पुनः निर्माण गर्न २१ अर्ब ६० करोड रकम विनियोजन
जाजरकोट भुकम्पबाट क्षती पुनः निर्माण गर्न २१ अर्ब ६० करोड रकम विनियोजन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
