सुर्खेत । सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप आज बिहान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ रातानाङ्गला नजिकै जीप दुर्घटना भएको हो ।
भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घटना भएको र उक्त जीपमा सवारमध्य चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ ।
जिपमा पाँच जना सवार रहेको प्रहरीको भनाई छ । अहिले घटना स्थलमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दुर्घटनाः चार जनाको मृत्यु
सुर्खेतबाट कालिकोट जाँदै गरेको जिप दुर्घटनाः चार जनाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
