सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाको जामुने बजारको संयुक्त रुपमा बजार अनुगमन गरिएको छ ।
पछिल्लो समय सुर्खेतका विभिन्न बजारहरुको अनुगमन तिव्र बनाएको उद्योग तथा उपभोक्ता हित निर्देशनालयले आज सिम्ता गाउँपालिकाको जामुने बजारको अनुगमन गरेको हो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेशको अगुवाईमा खाद्यन्न, खुद्रा, खाजाघर, डेरी उद्योग, लगायतका विभिन्न पसलहरुको अनुगमन गरिएको छ ।
अनुगमनको क्रममा म्याद गुज्रेका १५ हजार बराबरको सामानहरु नष्ट गराइएको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका बजार अनुगमन अधिकृत माधव प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
३५ वटा पसलहरुको अनुगमन गर्दा १५ हजार मुल्य बराबरको म्याद गुज्रेका सामानहरु फेला परेको उहाको भनाई छ ।
अनुगमनको क्रममा पसल दर्ता गरि चलाउन, मुल्यसुची राख्नुपर्ने, म्याद गुज्रेका सामानहरु विक्रि वितरण नगर्न निर्देशन गरिएको भन्दै त्यसो गरेको पाइए कारवाही गरिने उहाले बताउनुभयो ।
नापतौलका सामानहरु मापदण्डअनुसार संचालन गर्न समेत निर्देशन दिइएको नापतौल कार्यालयका अमृत खड्काले बताउनुभयो ।
उद्योग उपभोक्ता हित निर्देशनालयसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका अधिकृत पदम बराल, नापतौल कार्यालय सुर्खेत, इलाका प्रशासन कार्यालय, सिम्ता गाउँपालिका, पत्रकार महासंघ, इलाका प्रहरी कार्यालय जामुने बजारको प्रतिनिधिले संयुक्त रुपमा बजार अनुगमन गरेको हो ।
अनुगमनको क्रमा उपभोक्ता सचेतना स्वरुप पम्पलेट वितरण गरिएको जनाइएको छ ।
सिम्ता गाउँपालिकाको जामुने बजारको संयुक्त रुपमा बजार अनुगमन
सिम्ता गाउँपालिकाको जामुने बजारको संयुक्त रुपमा बजार अनुगमन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु