काठमाण्डौ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ दलसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले अर्थमन्त्री वर्षमान पुनले नेकपा ९माओवादी केन्द्र० प्रति ढल्किएको बजेट ल्याएको टिप्पणी गर्नुभयो ।
बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको भन्दै उहाँले बजेट निर्माण प्रक्रियामा नै सरकारले कमीकमजोरी गरेको दाबी गर्नुभयो । अध्यक्ष ओलीले बजेटप्रति असन्तुष्टि जनाए पनि बजेटलाई समर्थन र पारित गर्ने एमालेको नीति रहेको बताउनुभयो ।
उहाँले सरकारले प्रतुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको बताउनुभयो । अध्यक्ष ओलीले बजेटलाई समर्थन गरेर अघि बढ्न पार्टीका सांंसदलाई निर्देशन पनि दिनुभयो ।
सरकारले सत्तारुढ दलसँग परामर्श नगरी बजेट ल्यायो: ओली
सरकारले सत्तारुढ दलसँग परामर्श नगरी बजेट ल्यायो: ओली

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु