सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर डिला संग्रौलालले कर्णाली विकासको लागि उज्यालो कर्णाली अभियान संचालन गरिने बताउनुभएको छ ।
विकासको मुलधारबाट पछाडी परेको कर्णालीलाई विकासको मुलधारतर्फ लैजान उज्यालो कर्णाली अभियान संचालन गर्न काँग्रेस पाटी लागेको बताउनुभएको हो ।
नेपाली काँग्रेस सुर्खेतले आज शनिबार पार्टी कार्यालयमा गरेको कार्यक्रमा बोल्दै केन्द्रीय सदस्य संग्रौलाले अब कर्णालीको विकासको जिम्मा नेपाली काँग्रेसले लिने दाबी गर्नुभयो ।
कर्णालीको समस्या बुझ्न आफुहरु आएको भन्दै नेपालगञ्जबाट शुरु भएको कर्णाली यात्रा सुर्खेत हुँदै मुगु र अन्य जिल्लामा गएर सकिने बताउनुभयो ।
उहाले अब नेपाली काँग्रेस रुपान्तरण गर्नुपर्ने बेला आएको भन्दै संगठन सुदृढ गर्नको गर्दै देशलाई नयाँ गन्तव्य तर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।
कांग्रेस एमाले मिलेर सरकार गठन हुँदैन: एनपी साउद
यस्तै, नेपाली कांग्रेसका नेता एनपी साउदले नेकपा एमालेसँग मिलेर सरकार गठन नहुने बताउनुभएको छ ।
उहाले कांग्रेसको मुख्य प्रतिष्पर्धीनै एमाले एकाले एमालेसँग सहकार्य गरेर सरकार नबन्ने बताउनुभएको हो ।
उहाले अहिले सरकार बनाउने खेलमा भन्दा कांग्रेस प्रजातान्त्रिक गठबन्धन बनाउनेतर्फ अग्रसर भएको समेत उहाले उल्लेख गर्नुभयो ।
उहाले कम्युनिष्ट पार्टीहरू आउने निर्वाचनमा ध्रुवीकरण हुने भएकाले कांग्रेसले अहिलेदेखि नै प्रजातान्त्रिक एलायन्स बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
माओवादीले धोका दिएर एमालेसँग सहकार्य गरेकाले उसँग पनि सहकार्यको संभावना नरहेको बताउनुभयो ।
उहाले अहिलेको संरचना अनुसार कुनै पनि दलको एकल बहुमत नआउने भएकाले सहकार्य र गठबन्धनको संस्कृति अनिवार्य रहेको बताउनुभयो ।
कर्णाली विकासको लागि उज्यालो कर्णाली अभियान संचालन गर्छौः डा. संग्रौला
कर्णाली विकासको लागि उज्यालो कर्णाली अभियान संचालन गर्छौः डा. संग्रौला
![](https://sankalpaonline.com/wp-content/uploads/2024/06/Np-Saud.jpg)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु