सुर्खेत । ‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाइएको छ ।
दिवसका अवसरमा कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवाला व्यक्तीहरुले वातावरणलाई स्वच्छ राख्न सबै पक्षले हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।
उनिहरुले मानविय कारणले नै अहिले वातावरणमा प्रदुषण बढ्दै गएको भन्दै वातावरणलाई स्वच्छ राख्नको लागि हरेक नागरिकको भुमीका महत्वपूर्ण हुने बताएका हुन् ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका वन अधिकृत रेणुका न्यौपानेले पृथ्वी सबैको साझा भएको भन्दै यसको संरक्षणको लागि सबैको भुमिका रहने बताउनुभयो । उहाले मानविय क्रियाकलापका कारण जलवायु परिवर्तन भइरहेको भन्दै यसको असरले गर्दा पारिस्थितिक पद्धतीमा समेत खलबल हुन थालेको बताउनुभयो ।
भावी पुस्ताको बाँच्ने आधार तय गर्नको लागि अहिले देखिनै सबै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिँदै न्यौपानेले वातावरणलाई स्वच्छ र सफा राख्नुको विकल्प नभएको बताउनुभयो ।
सामुदायिक उपभोक्ता महासंघ नेपाल कर्णाली प्रदेश महासचिव अनिता केसीले वातावरण संरक्षण गर्दै भावी पुस्ताको भविश्य खोज्नुपर्ने बताउनुभयो । उहाले अहिले भइरहेका मानविय क्रियाकलाप परिवर्तन गर्न बनेका कानुनहरुको कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो ।
कर्णाली प्रदेश वन निर्देशनालय निर्देशक ललित कर्णले वातावरणमा विभिन्न कारणले चुनौती थपिएको बताउनुभयो ।
हिमाली जिल्लामा हिउँ पर्न छोडेको बताउँदै उहाले त्यसको प्रभाव कर्णालीमा समेत परेको बताउनुभयो । जुम्लामा समेत मच्छड लाग्न थाल्नु जलवायु भएको परिवर्तनका कारण भएको भन्दै अहिलेदेखि नै यस विषयमा गम्भिर हुन आवश्यक रहेको उहाले औँल्याउनुभयो ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. केदार बराललले मानिसहरुले पृथ्वीलाई दोहोन गलत तरिकाले गरिरहेका कारण वातावरणमा असर परिरहेको बताउनुभयो ।
“हिमालहरु काला भइसके, अनावृष्टी अतिवृष्टी भईरहेका छन् । यी सबै क्रियाकलाप मानविय गलत क्रियाकलापले हो उहाले भन्नुभयो,” “नेपालले समेत वातावरण विनास र जलवायु परिवर्तनको चप्पेट्टामा परेको छ, यसको न्युनिकरणमा सबैले साझा धाराणा बनाएर लागौँ ।”
जलवायु परिवर्तन हुनुको मुख्य कारण वातावरणिय असन्तुलन भएको भन्दै यसको मुख्य जिम्मेवार मानिस आफै भएको बरालले बताउनुभयो ।
प्लाष्टिकको प्रयोगलाई मात्रै न्युनिकरण गर्न सकिय वातावरण स्वच्छ राख्न योगदान पुग्ने बताउँदै प्लाष्टिकको प्रयोग अहिलेबाट हटाउनेगरी नीति बन्न आवश्यक रहेको उहाको भनाई छ ।
वातावरणमैत्री बनेका नीति कार्यान्वयनमा लाग्छौँः मन्त्री रावत
कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग बहादुर रावतले दिवस मात्रै नभएर वातावरण संरक्षणमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभएको छ ।
“हाम्रै कारणले नै वातवरण प्रदुषण हुँदै गएको छ, अब एकदिन दिवसको रुपमा मात्रै वातावरण संरक्षणका कुरा गरेर हुँदैन्, अब अभियानकै रुपमा हरेक दिन हरेक व्यक्तीले वातावरण संरक्षणमा योगदान दिन आवश्यक छ, मन्त्री रावतले भन्नुभयो,”
पछिल्लो समय जलवायु परिवर्तन हुँदै गएको र यही अवस्था रहे मानव अस्थित्व नै संकटमा पर्न सक्नेतर्फ सचेत हुँदै अब नीतिगत रुपमै सोच्नुपर्ने बेला आएको मन्त्री रावतले बताउनुभयो ।
“वातावरणमैत्री बनेका नीतिहरुको कार्यान्वयन गर्न तर्फ केन्द्रीत हुने बताउनुभएको छ । वातावरणमैत्री नीति बनेका छन् त्यसको कार्यान्वयन आवश्यक छ । उहाले भन्नुभयो, आगामी दिनमा सबै नीकाय र सबै पक्ष लागेर नीति कार्यान्वनमा लाग्नुपर्छ र यो विषयलाई गम्भिर रुपमा लिनुपर्छ ।”
मन्त्रालयले गरेको वृक्षारोपन
यसैबिच, दिवसका अवसरमा कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले वीरेन्द्रनगरमा वृक्षारोपन गरेको छ । विभिन्न प्रजातीका करिब एक सय बिरुवा चौहान पार्कमा वृक्षारोपन गरेको हो ।
मन्त्रालय र मन्त्रालय मातहतका विभिन्न नीकायका कर्मचारी, वीरेन्द्रनगर नगरपालिका जनप्रतिनिधि लगायतका व्यक्तीहरुको सहभागितामा वृक्षारोपन गरिएको जनाइएको छ ।
वृक्षारोपनले वातावरण संरक्षण गर्नुपर्छ भन्ने सन्देश गएको मन्त्रालयले जनाएको छ ।

