सुर्खेत । आगामी आर्थिक बर्षको लागि संघिय सरकारबाट कर्णालीका ७९ वटा स्थानीय तहहरुले ५१ अर्बभन्दा धेरै अनुदान पाउने भएका छन् ।
संघिय सरकारले ल्याएको आगामी आर्थिक बर्ष २०८१÷०८२ को वजेट कार्यक्रममा कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहलाई ५१ अर्ब ७६ करोड ५३ लाख रकम अनुदान रकम छुट्याएको हो ।
संघिय सरकारले स्थानीय तहलाई समानिकरण, सशर्त, विशेष र समपुरक गरि चार प्रकारका अनुदानबाट रकम पठाउने गर्दछ ।
जस अन्तरगत सबैभन्दा धेरै अनुदान रकम नौ वटा स्थानीय तह रहेको सुर्खेतले पाउने भएको छ । सुर्खेतका ९ वटा स्थानीय तहले १० अर्ब २० करोड ८ लाख रकम पाउने छन् । सुर्खेतमा चार नगरपालिका र ५ गाउँपालिका रहेका छन् ।
यस्तै, चार नगरपालिका र तिन गाउँपालिका रहेको रुकुम पश्चिमले ३ अर्ब २९ करोड ९२ लाख रकम संघिय अनुदान पाउँदा सल्यानका १० वटा स्थानीय तहले ६ अर्ब ७७ करोड २० लाख रकम पाएका छन् । सल्यानमा तिन नगरपालिका र ७ गाउँपालिका रहेका छन् ।
यता, डोल्पाका ६ वटा गाउँपालिका र २ वटा नगरपालिकालाई ३ अर्ब ९८ करोड ३५ लाख रकम पठाउने भएको छ ।
जुम्लाका ७ गाउँपालिका र एक नगरपालिका छन् । जुम्लाका ८ स्थानीय तहको लागि संघिय सरकारले ५ अर्ब १३ करोड ७७ लाख, कालिकोटका ६ गाउँपालिका र ३ नगरपालिकाको लागि ५ अर्ब २८ करोड ७७ लाख, जाजरकोट चार गाउँपालिका र तिन नगरपालिकालाई ५ अर्ब २५ करोड १८ लाख रकम संघिय सरकारले अनुदानको रुपमा पठाउने भएको हो ।
यसैबिच, दैलेखमा ७ गाउँपालिका र ४ नगरपालिका गरी ११ स्थानीय तह रहेका छन् । ११ वटा स्थानीय तहको लागि ७ अर्ब २७ करोड ९४ लाख रकम अनुदान रकम पाउने छन् ।
एउटा नगरपालिका र तिनवटा गाउँपालिका रहेका मुगुका स्थानीय तहको लागि सरकारले २ अर्ब ९६ करोड ३२ लाख अनुदान रकम पाउँदा हुम्लाका ७ वटा स्थानीय तहले एक अर्ब ७७ करोड २१ लाख रकम अनुदान पाउने भएका हुन् ।
संघिय सरकारले यो बर्ष गत बर्षको तुलनामा अनुदान रकम बढाएर पठाएको छ, तर स्थानीय सरकारको आन्तरिक आम्दानी भने बढाउन सकेका छैनन ।
सरोकारवालाहरुले भने संघिय सरकारको अनुदानको मात्रै नभइ आन्तरिक आम्दानी बढाउनतर्फ केन्द्रीत हुनुपर्नेमा सुझाव दिएका छन् ।
कर्णालीका ७९ वटा स्थानीय तहले आगामी बर्षको लागि ५१ अर्बभन्दा धेरै संघिय अनुदान पाउने
कर्णालीका ७९ वटा स्थानीय तहले आगामी बर्षको लागि ५१ अर्बभन्दा धेरै संघिय अनुदान पाउने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
