सुर्खेत । पारिवारिक विछोडले बालबालिमा नकरात्मक असर पर्न सक्ने भन्दै यसतर्फ सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिइएको छ ।
विभिन्न कारणले बालबालिकाहरु परिवारबाट बिछोड हुने समस्या न्युनिकरण गर्न इच्छाशक्ती बढाउनुपर्ने उनिहरुको जोड छ ।
हिमाली नविन समाजले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले गरिबी र अन्य विभिन्न कारणले बालबालिकाहरु परिवारबाट बिछोटिनुपरेको बताएका छन् ।
आफ्नो प्रस्तुती राख्दै हिमाली नविन समाजका कार्यकारी निर्देशक धन बहादुर लामाले विभिन्न कारणले बालबालिकाहरु परिवाबाट बिछोटिएको भन्दै ठुलो समस्या कर्णालीमा रहेको बताउनुभयो ।
उहाले आफ्नो प्रस्तुती राख्दै गरिबी, अशिक्षाका कारण आमा बुवा भएका बालबालिकाहरुलाई पनि बालगृहमा पठाउने गरिएको भन्दै यसले बालबालिकाको मानसिक अवस्थामा नकरात्मक प्रभाव परिरहेको बताउनुभयो ।
२० बर्षको अवधीमा सरकारले ४२ वटा बालगृहबाट विभिन्न जोखिम अवस्थाका बालबालिका उद्धार गरेको भन्दै त्यसमा सबैभन्दा बढी बालबालिका कर्णालीका रहेको बताउनुभयो ।
सन २००६ देखि २०२३ सम्मको तथ्याङ्कमा ९ सय ६७ बालबालिका उद्धार भएका र तिमध्य ७० प्रतिशत बालबालिका कर्णालीका रहेको बताउनुभयो । उहाका अनुसार २२ प्रतिशत बागमती प्रदेशका छन् ।
संस्थाले पारिवारिक मिलन गराउँदै आएको उहाको भनाई छ । बालबालिका परिवारबाट विछोडिदा भविश्यमा ठुलो नकरात्मक प्रभाव पर्ने उहाको भनाई छ ।
कार्यक्रममा बोल्दै हिमाली नविन समाजका सुरेन्द्र लामाले परिवारभन्दा अलग भएका बालबालिकाहरुलाई आठ चरणमा आफुहरुले पारिवारिक पुनमिलन गराउने गरेको जानकारी गराउनुभयो ।
उहाले नेपालको संविधान र बालबालिका सम्बन्धि ऐन २०७५ ले गरेका व्यवस्था कार्यान्वयन गर्न स्थानीय र प्रदेश सरकार अलि बढी जिम्मेवार हुनुपर्ने सुझाव दिनुभयो ।
भविश्यका कर्णधार भनिने बालबालिकाहरुलाई परिवारभन्दा बाहिर राखिदा मनोसामाजिक समस्या निम्तिनेतर्फ पनि सचेत हुनुपर्ने उहाको भनाई छ ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिर्घ पोख्रलले यो विषयलाई सरकारले गम्भिर रुपमा लिनुपर्ने बताउनुभयो । आगामी बर्षको कार्यक्रममा समेत मन्त्रालयको बालबालिकाको सवाललाई फोकस गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यस्तै, सामाजिक विकास मन्त्री बिर बहादुर शाहीले पनि परिवारबाट बालबालिका किन टाढा हुन्छन ? त्यसको खोजी गरेर सचेतनाका कार्यक्रम संचालन गरिने प्रतिवद्धता जनाउनुभयो ।
उहाले समग्र बालबालिकाको सवाललाई सम्बोधन गर्नेगरी वजेट ल्याइने बताउँदै साझेदार संस्थाहरुसँग मिलेर काम गरिने बताउनुभयो ।
कार्यक्रममा परिवारसँग विछोडिएर अहिले यही क्षेत्रमा वकालत गरिरहेका व्यक्तीहरुले आफ्नो अनुभव साटेका थिए ।
परिवार बिछोडले बालबालिकामा नकरात्मक असर
परिवार बिछोडले बालबालिकामा नकरात्मक असर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
