सुर्खेत । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र असन्तुष्टिहरु रहेको भन्दै त्यसलाई मिलाउँदै लैजाने दाबी गर्नुभएको छ ।
कर्णालीका विभिन्न जिल्लाहरुमा पुगेर पार्टीका नेता र कार्यकर्ताहरुसँग भेटघाट गर्ने उदेश्यले आज सुर्खेत आइपुग्नुभएको नेता निधीले पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताउनुभएको हो ।
पार्टीभित्रको असन्तुष्टि र असहमतिलाई सहज बनाउनका लागि देशभरनै छलफल र भेटघाटको काम अघि बढाइएको उहाको भनाइ छ । उहाले भन्नुभयो, ‘पार्टीभित्रको समस्याहरु समाधान गरिनुपर्छ भनेर म कर्णालीमा आएको हुँ ।’
उहाले पार्टीभित्र गुटबन्दीको व्यवस्थापन विचारको आधारमा समाधान गर्नुपर्ने बताउनुभयो ।
निधिले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको कारण राष्ट्रिय राजनीतिमा समस्यालाई आइरहेको बताउँदै यसअघि चुनावमा माओवादीसँग गठबन्धन गरेर गएपनि त्यो टिक्न नसकेको उनले बताउनुभयो ।
पहिलो चरणमा प्रचण्ड, त्यसपछि माधव नेपाल र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भएपनि प्रधानमन्त्री प्रचण्ड त्यसमा टिक्न नसक्दा गठबन्धन टुटेको उनको भनाइ छ ।
कर्णालीको दैलेख, कालिकोट, जुम्ला र मुगु जिल्लामा जाने र पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको बताउनुभयो ।
उहाले पार्टीभित्रका समस्या समाधान गर्दै ०८४ मा कांग्रेस एक्लै चुनाव लड्ने र बहुमतको सरकार बनाउने गरी लागेको दाबी गर्नुभयो ।
पार्टी भित्र गुटबन्दी अन्त्य गर्दै आगामी चुनावबाट एक्लै सरकार बनाउँछौँः नेता निधी
पार्टी भित्र गुटबन्दी अन्त्य गर्दै आगामी चुनावबाट एक्लै सरकार बनाउँछौँः नेता निधी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु