सुर्खेत । श्रमिक र रोजगारदाताहरूलाई जोड्ने योजनासहित कर्णाली प्रदेशमा श्रमाधान रोजगार मेला आजदेखि सुरु भएको छ ।
मेलाको आज एक कार्यक्रमकाबीच रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले उद्धघाटन गर्नुभएको हो ।
मेलाको उद्धघाटनगर्दै मन्त्री अर्यालले श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवर्द्धनको आधार तयार पार्ने बताउनुभयो ।
मन्त्री अर्यालले कर्णाली प्रदेश आफैँमा समृद्धि भएको भन्दै सम्भावना रहेको कर्णाली प्रदेशको विकासका लागि सङ्घीय सरकारले ढोका मात्रै ढकढकाउने काम गर्ने बताउनुभयो ।
यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले श्रमिक र रोजगारदाताबिच सेतुको रूपमा आयोजित श्रमाधान रोजगार मेलाको आयोजन गरेकोप्रति मन्त्रालयलाई धन्यवाद दिनुभयो ।
सरोकारवालालाई एकै ठाउँमा ल्याएर रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको श्रमाधान मेलाको पूर्ण सफलताको पनि कामना समेत गर्नुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कर्णाली प्रदेश सरकार सुर्खेत र वीरेन्द्रनगर नगरपालिका सुर्खेतको संयुक्त आयोजनामा मेला भोलीसम्म चल्नेछ ।
रोजगार मेलाले रोजगारदाता र रोजगार खोज्नेवीच जमघट गराउने, रोजगारीको अवसर सिर्जना गर्ने, सीप विकास प्रवद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक बृद्धिलाई उत्प्रेरित गर्ने, युवा सशक्तिकरण गर्ने र सार्वजनिक निजी साझेदारी अभिवृद्धि गर्ने लक्ष्यका साथ मेला शुरु भएको हो ।
कर्णालीमा ठूलो उद्योग कलकारखानाहरु नभएकोले अन्य प्रदेशको तुलनामा धेरै रोजगारीको अवसर सिर्जना नभएपनि कर्णालीको आवश्यकतालाई पूरा गर्ने खालको जमघट यो रोजगार मेला बन्ने दावी उपसचिव ढकालले गर्नुभयो ।
मेलामा सरकारी तथा निजी क्षेत्रको गरी ४० वटा स्टल राखिएका छन् ।
कर्णालीमा श्रमाधान मेला
कर्णालीमा श्रमाधान मेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
