सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालिकाका विभिन्न पसलहरुको आज अनुगमन गरिएको छ ।
उद्योग तथा उपभोक्ता हित निर्देशनालयको अगुवाइमा नगरपालिका अन्तरगत आज गङ्गटे बजार, दशरथपुर र लेकफर्सा बजारको संयुक्त रुपमा अनुगमन गरिएको हो ।
सुर्खेतका विभिन्न बजारहरुको अनुगमन तिव्र बनाएको उद्योग तथा उपभोक्ता हित निर्देशनालयले तिनवटा बजारका ३८ वटा पसलहरुको संयुक्त रुपमा अनुगमन गरेको हो ।
खुद्रा तथा खाद्यन्न पसल, सुनचाँदी पसल औषधी पसल, होटेल र चामउमिन उद्योगको अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित निर्देश्नालयका बजार अनुगमन अधिकृत माधव प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
अनुगमन गर्दा १० हजार मुल्य बराबरको म्याद गुज्रेका सामानहरु फेला परेको उहाको भनाई छ ।
केही पसलहरु दर्ताबिना संचालन गरिएको, म्याद गुज्रेका सामानहरु छुट्टै नराखिएको, सुनचाँदी पसलहरुले नापतौल सामान दार्ता नगरेको पाइएको उहाले जानकारी दिनुभयो ।
दुइवटा सुनचाँदी पसलहरुले उपभोक्तालाई सुन तौलमा ठगी गरेको भेटिएकाले तत्काल नापतौल कार्यालयमा दर्ता गर्न दिर्नेशन दिइएको न्यौपानेले बताउनुभयो ।
पसलहरुलाई दर्ता गरि चलाउन, मुल्यसुची राख्नुपर्ने, म्याद गुज्रेका सामानहरु विक्रि वितरण नगर्न निर्देशन गरिएको भन्दै त्यसो गरेको पाइए कारवाही गरिने उहाको भनाई छ ।
उद्योग उपभोक्ता हित निर्देशनालयसहित जिल्ला प्रशासन कार्यालय सुर्खेत, नापतौल कार्यालय सुर्खेत, इलाका प्रहरी कार्यालय दशरथपुर, उपभोक्ता मञ्च सुर्खेत पत्रकार महासंघ सुर्खेतका प्रतिनिधिले संयुक्त रुपमा बजार अनुगमन गरेको हो ।
अनुगमनको क्रमा उपभोक्ता सचेतना स्वरुप पम्पलेट वितरण गरिएको जनाइएको छ ।
लेकवेशी नगरपालिकामा बजार अनुगमनः नापतौलमा ठगिदैँ उपभोक्ता, दर्ताबिना पसल संचालन नगर्न निर्देशन
लेकवेशी नगरपालिकामा बजार अनुगमनः नापतौलमा ठगिदैँ उपभोक्ता, दर्ताबिना पसल संचालन नगर्न निर्देशन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु