सुर्खेत । कर्णालीबाट २ सय ६२ जना युवाहरुले रोजागरी आवेदन दिएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न श्रमाधान रोजगार मेलामा रोजगारदाता कम्पनीहरुले विभिन्न क्षेत्रमा ३ सय ७७ जना कर्मचारी माग गरेको भएपनि २ सय ६२ जनाले मात्रै आवेदन दिएका हुन् ।
मागभन्दा पनि कम संख्यामा आवेदन परेको हो । रोजगारीका लागि फाराम भरेकाहरुलाई सम्बन्धित कम्पनीले सीप परीक्षण लगायतका आवश्यक प्रक्रिया पूरा गरेर रोजगारीका लागि बोलाउने जनाइएको छ ।
रोजगारीको खोजिमा रहेकाहरुलाई जोड्ने उद्देश्यले संचालन गरिएको मेलामा ३ हजारभन्दा धेरैले मेलाको अवलोकन गरेको आयोजकको भनाई छ ।
आगामी दिनमा कस्तो खालका सीप सिकेर रोजगार हुन सकिन्छ भन्ने सचेतना अभिबृद्धि भएको कार्यक्रम संयोजक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप सचिव टिकाराम ढकालले बताउनुभयो ।
कर्णालीबाट २ सय ६२ ले दिए रोजगारीका लागि आवेदन
कर्णालीबाट २ सय ६२ ले दिए रोजगारीका लागि आवेदन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु