पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ ।
प्रदेशसभामा उहाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत प¥यो भने विपक्षमा २८ मत परेको छ ।
पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट चुनाव लडेका नेसपा सांसद फडिन्द्र देवकोटाले मत दिएका हुन् ।
यसैगरी विपक्षमा एमालेका २२ र माओवादीका ६ प्रदेशसभा सदस्यको मत परेको थियो ।
देवकोटा माओवादीबाट चुनाव लडेर निर्वाचित भएका पनि उनले फ्लोर क्रस गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिनुभएको हो ।
देवकोटाले आफू माओवादीको संसदीय दलमा नरहेर नेसपाकै प्रदेशसभा सदस्यको हैसियतमा रहेको दाबी गर्दै आउनुभएको छ ।
उहाकै फ्लोर क्रसका कारण संविधानको धारा १६८ (३) बमोजिम सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री नियुक्त भएका पाण्डेको पद जोगिएको छ ।
६० सदस्यीय प्रदेश सभामा पाण्डेले विश्वासको मत प्राप्त गर्न ३१ मत आवश्यक पर्थ्यो भने सोहीअनुसार उनले मत पाए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु