सुर्खेत । सुर्खेतका स्थानीय सरकारहरुको आन्तरिक विगतभन्दा केही सुधार भएपनि भनेअनुसारको आम्दानी भने नभएको पाइएको छ ।
महालेखा परिक्षकको ६१ औं प्रतिवेदन अनुसार सुर्खेतका स्थानीय सरकारको आम्दानी न्युन देखिएको हो ।
आन्तरिक आम्दानी कमजोर हुँदा स्थानीय सरकारहरु संघ र प्रदेश सरकारको अनुदानको भरमा संचालन भइरहेका हुन् ।
सार्बजनिक प्रतिवेदनअनुसार आर्थिक बर्ष २०८०÷०८१ मा सबैभन्दा धेरै आन्तरिक आम्दानी सुर्खेत वीरेन्द्रनगरले गरेको छ । वीरेन्द्रनगर नगरपालिकाले २२ करोड १० लाख ४४ हजार आन्तरिक आम्दानी गरेको छ ।
आन्तरिक आम्दानी गर्ने लेकवेशी नगरपालिका दोस्रो स्थानमा छ । लेकवेशी नगरपालिकाको गत बर्षको आन्तरिक आम्दानी २ करोड १० लाख ४ हजार भएको छ ।
यसैगरी, भेरीगंगा नगरपालिकाले गत आर्थिक बर्षमा १ करोड ७१ लाख ६८ हजार आम्दानी गर्दा चिङ्गाड गाउँपालिकाले १ करोड ४ लाख ६६ हजार रकम आन्तरिक आम्दानी गरेको छ ।
चौकुने गाउँपालिकाको १ करोड २९ लाख ९९ हजार, वराहाताल गाउँपालिका ८४ लाख ८ हजार, सिम्ता गाउँपालिकाको ८७ लाख ५४ हजार, गुर्भाकोट नगरपालिकाको १ करोड २९ लाख ६५ हजार रकम आन्तरिक आम्दानी गरेको छ ।
प्रतिवेदन अनुसार पञ्चपुरी नगरपालिकाले ७२ लाख १२ हजार रकम आन्तरिक आम्दानी गरेको देखिएको छ ।
आन्तरिक आम्दानी वृद्धी गर्नको लागि उत्पादन क्षेत्रको लागि कार्यक्रमहरु ल्याउनुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् ।
स्थानीय तहले विभिन्न ९ प्रकारका कर लगाउन पाउने कानुनी व्यवूस्था छ ।
सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिस्ट्रेशन कर उठाउन पाउछन् । यस्तै सवारी साधन कर, भूमि कर(मालपोत), मनोरञ्जन कर, विज्ञापन कर, व्यवसाय कर र होडिङ बोर्ड कर लगाउयन सक्ने व्यवस्था गरेको छ ।
यस्तै गैर कर तर्फ सेवा शुल्क दुस्तर, पर्यटन शुल्क, पार्किङ शुल्क, बहाल विटौरी शुल्क, जडीबुटी कवाडी र जीवजन्तु शुल्क, इन्जिन जडान नभएका टाँगा रिक्सा, अटो रिक्सालगायतका सवारी साधन, केवलकार तथा बोटमा समेत लाग्ने शुल्क उठाउन कानुनले स्थानीय तहलाई अधिकार दिएको छ ।
त्यससँगै ढुङ्गा, गिट्टी, बालुवा पनि बेच्न पाउने अधिकार छ । यसबाट उठ्ने रकमलाई स्थानीय सरकारको आन्तरिक आम्दानीको रुपमा लिने गरिन्छ ।
सुर्खेतका स्थानीय सरकारहरुको आम्दानी न्युन
सुर्खेतका स्थानीय सरकारहरुको आम्दानी न्युन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु