सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरको अधिकतम तापक्रम १२ वर्ष यताकै सबैभन्दा बढी ४१ डिग्री सेल्सियस भन्दामाथि पुगेको छ।
वीरेन्द्रनगरको अधिकतम तापक्रम आज ४१ दशमलव १ डिग्री सेल्सियस मापन भएको हावापानी कार्यालय सुर्खेतले जनाएको छ।
कार्यालयका अनुसार १२ बर्षकै सबैभन्दा बढी तापक्रम आज मापन भएको हो ।
यसअघि २०६९ जेठ ३२ गते वीरेन्द्रनगरमा अहिलेसम्मकै उच्चतम तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । सबैभन्दा कम तापक्रम २०६९ पुस २५ गते माइनस शून्य दशमलव सात डिग्री सेल्सियस मापन भएको छ।
यस्तै आज नेपालगन्जको तापक्रममा पनि बढेर आज ४४ र धनगढीको ४३ दशमलव ८ डिग्री सेल्सियस पुगेको कार्यालयका प्रतिनिधि टीका ढकाल काफ्लेले जानकारी दिनुभयो ।
यसैगरि दिपायलको ४० दशमलव ८ दाङको ३८ दशमलव ९ ८ र जुम्लाको ३० दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ । यसैबिच जल तथा मौंसम पूर्वानुमान महाशाखाले एक दुइ दिन यसक्षेत्रमा पानी पर्ने संभावना नरहेको जनाएको छ।
वीरेन्द्रनगर लगाएत आसपासका क्षेत्रमा उखरमाउदो गर्मी बढ्दा बिजुली बत्ति नियमित नुहने र कम भोल्टेजको समस्याले उपभोक्ताले सास्ती खेप्नु परेको छ।
पटक पटक बत्ति जाने र आएको बेला पनि पंखा नचल्ने पानी तान्न मोटर नचल्ने फ्रिज नचल्ने मिल नचल्ने लगाएतका समस्याले उपभोक्ता आजित बनेका छन ।
यता बिद्यूत प्राधिकरण सुर्खेतले ओभरलोड लगाएतका कारण समस्या भइरहेको भन्दै वैकल्पि व्यवस्थाकालागि पहल गरिएको जनाएको छ।
१३२ केभी प्रसारण लाइन संचालनमा ढिलाई भएकाले तत्कालका लागि बाबियाचौरबाट नहुदाँसम्म ३३ केभी ल्याउन पहल भइरहेको केन्द्रले जनाएको छ।
वितरण केन्द्रका प्रमुख अशोक लोहनीले बाबियाचौरबाट ३३ केभी ल्याउनकालागि स्थानियसंग छलफल भइरहेको जानकारी दिनुभयो ।
जनप्रतिनिधि सहित सरोकारवाला सबै पक्षसंग पटक पटक छलफल भएको भन्दै उहाँले केहि दिनमै पश्चिमबाट पनि विद्युत वीरेन्द्रनगरमा ल्याइने दाबी गर्नुभयो ।
यो ३३ केभी संचालनमा ल्याउन सके कर्णालीमा देखिएको समस्या केहि हदसम्म समाधान हुने उहाँको भनाई छ ।
अहिले बड्डीचौर हुँदै ११ केभी भने वीरेन्द्रनगर जोडिएको भएपनि यो पर्याप्त नभएको उहाँले बताउनु भयो । कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको म्याद पुनः सात महिना थप गरिएको छ।
आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मकालागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताउनुभयो । सुर्खेतको वीरेन्द्रनगर–११ सुब्बाकुना र बाँकेको बैजनाथमा प्रसारण लाइन निर्माण हुने क्षेत्रमा अझै विवाद हल हुन सकेको छैन।
विवाद समाधानका लागि विभिन्न चरणमा सरोकारवालासँग छलफल गरिएको भए पनि अझै निकास आउन सकेको छैन । हालसम्म विद्युत् प्रसारण लाइन विस्तारको ७० प्रतिशत प्रगति हासिल भएको छ ।
सुर्खेत वीरेन्द्रनगरको अधिकतम तापक्रम १२ वर्ष यताकै उच्च
सुर्खेत वीरेन्द्रनगरको अधिकतम तापक्रम १२ वर्ष यताकै उच्च

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु