सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ कालागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले प्रदेशसभामा चालु आर्थिक वर्षको भन्दा झन्डै दुइ अर्ब कमको बजेट पेस गर्नुभएको हो ।
चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात २४।१२ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार ५९।७ प्रतिशत रहेको छ ।
मन्त्री केसीले सुशासन र सामाजिक न्यायसहितको समृद्ध कर्णाली, सामाजिक आर्थिक र भौतिक विकाससहितको समाजवाद उन्मुख कर्णाली भन्ने मुल ध्येयका रहेको बताउनु भयो ।
आर्थिक समृद्धि, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सिर्जना र उद्यमशिलता विकास गरी समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन सोंच कार्यान्वयन गर्न आगामी बजेट केन्द्रित हुने उहाँको भनाई छ ।
कर्णाली प्रदेश सरकारले नयाँ बजेट बन्त्रालयगत रुपमा सबैभन्दा धेरै भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयलाई छुट्याएको छ ।
यो मन्त्रालयलार्इ आगामी आर्थिक वर्षकालागि १० अर्ब ४६ करोड विनियोजन गरिएको छ ।
यस्तै सामाजिक विकास मन्त्रालयकालागि ५ अर्ब ७२ करोड जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयकालागि २ अर्ब ८६ करोड रकम विनियोजन गरिएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकालागि १ अर्ब ९४ करोड भूमि, व्यवस्था, कृषि मन्त्रालयकालागि १ अर्ब ८६ करोड विनियोजन गरिएको छ
सबैभन्दा कम आन्तरिक मामिला तथाकानुन मन्त्रालयलाई २९ करोड ६४ लाख विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको थियो ।
गरिबी निवारण र रोजगारी प्रदेश सरकारको जिम्मेवारी भन्ने नाराका साथ कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई महत्वका साथ राखिएको बताउनुभयो ।
मुख्यमन्त्री रोजगार कार्यक्रमबाट १६ हजार युवाहरुलाई प्रत्यक्ष रोजगारी दिइने अर्थमन्त्री केसीले उल्लेख गर्नुभयो ।
विदेशबाट फर्किएका युवाहरुले सिकेको ज्ञान, सिप र अनुभव तथा पुँजीलाई व्यवसाय तथा रोजगारीमा लगाउने योजना वजेट मार्फत ल्याइएको छ ।
मन्त्री केसीले शिक्षा क्षेत्रको सुधारका लागि सरकारले प्रथामिकता राखेको बताउनुभयो । आगामी ३ सय ७० विद्यालयको भौतिक पूर्वाधार सुधार तथा विकास गर्नको लागि १ अर्ब १० करोड विनियोजन गरिएको मन्त्री केसीले बताउनुभयो ।
मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रमका लागि १० करोड विनियोजन गरेको छ । यस कार्यक्रम अन्तरगत विद्यालयमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाईको सुविधा बिस्तार गरिने छ ।
यसैबिच, कर्णाली प्रदेश अस्पताल सुर्खेतको पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका लागि ५० करोड विनियोजन गरिएको छ । भने अन्य जिल्ला अस्पतालहरुको पूर्वाधार विकास र जनशक्ती व्यवस्थापन गरिने वजेट कार्यक्रममा उल्लेख गरिएको छ ।
कृषि क्षेत्रमा उत्पादन एक स्वामित्व अनेक भन्ने नारा लिइएको वेजेटमा व्यवसायिक तरकारी खेती, गाइभैसी र माछा पालन व्यवसाय गर्न प्रेरित गर्ने, जिल्लागत रुपमा फलफुल खेतीलाई जोड दिएएको छ भने कृषक अनुदानलाई निरन्तरता दिइएको मन्त्री केसीले बताउनुभयो ।
कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्त्तव्यको रुपमा रहेका रारा सुर्खेतको काँक्रेबिहार, बुलबुले उद्यान रुकुमको स्यार्पु ताल संरक्षण र विकासका लागि बनेका गुरुयोजना कार्यान्वनका लागि १४ करोड वजेट विनियोजन गरिएको छ भने संघिय सरकारको समन्वयमा सुर्खेत विमानस्थल विस्तार गर्न आवश्यक वजेट विनियोजन गरिएको वजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु