सुर्खेत । कर्णाली प्रदेश सरकारले ६ बर्षमा करिब ३ अर्ब मात्रै आन्तरिक आम्दानी गरेको छ ।
प्रदेश सरकार स्थापनाको पाँच बर्ष र चालु आर्थिक बर्षको जेठ मसान्तसम्म गरी २ अर्ब ८६ करोड १० लाख ६३ हजार मात्रै आन्तरिक आम्दानी गरेको हो ।
आर्थिक वर्ष २०७९÷८० सम्मको आन्तरिक राजस्व सङ्कलन २ अर्ब २४ करोड १३ लाख ६३ हजार भएको छ जुन कुल राजस्व लक्ष्यको ९४.८ प्रतिशत रहेको आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बताउनुभयो ।
मन्त्री केसीका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा प्रदेशको आन्तरिक राजस्व सङ्कलन जेठ मसान्तसम्म ६१ करोड ९७ लाख अर्थात् लक्ष्यको तुलनामा ७४.१० प्रतिशत रहेको छ ।
आन्तरिक आम्दानीमा कमजोर रहेको कर्णाली प्रदेश सरकारको विगत ६ वर्षको कुल बजेट भने १ खर्व ६६ अर्ब ५६ करोड रहेको छ ।
बजेटको संरचना हेर्दा चालुतर्फ ३७.४६ प्रतिशत र पुँजीगततर्फ ६२.५४ प्रतिशत विनियोजन भएको आर्थिक मामिला मन्त्री केसीले बताउनुभयो ।
विनियोजनको चालुतर्फ ६२.७१ प्रतिशत र पुँजीगततर्फ ५५.०१ प्रतिशत खर्च भइ समग्रमा ५७.९० प्रतिशत खर्च भएको छ ।
चालु आर्थिक बर्ष सकिन अब एक महिना मात्रै बाँकी रहँदा सरकारको वजेट कार्यान्वनयको अवस्था समेत कमजोर देखिएको छ ।
संसदमा आगामी बर्षको वजेट पेश गर्दै मन्त्री केसीले आर्थिक वर्ष २०८०÷८१ को जेठ मसान्तसम्मको खर्च चालुतर्फ ४९.३८ प्रतिशत र पुँजीगततर्फ २९.८७ प्रतिशत खर्च भइ समग्रमा ३७.९३ प्रतिशत खर्च भएको बताउनुभयो ।
आर्थिक वर्ष २०७५÷७६ देखि २०७९÷८० सम्मको अवधिमा सङ्घीय सरकारबाट सुरू बजेटमा ससर्त, समपूरक र विशेष अनुदानमा कुल २७ अर्व ५२ करोड प्राप्त भएकोमा सम्बन्धित आर्थिक वर्षभित्र खर्च नसकी ७ अर्ब ७८ करोड सङ्घीय सञ्चित कोषमा फिर्ता भएको छ ।
कर्णाली प्रदेश सरकारको ६ बर्षमा करिब ३ अर्ब मात्रै आन्तरिक आम्दानी
कर्णाली प्रदेश सरकारको ६ बर्षमा करिब ३ अर्ब मात्रै आन्तरिक आम्दानी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
