सुर्खेत । सुर्खेत वीरेन्द्रनगर वडा नम्बर ११ मा इनार सफा गर्ने क्रममा दुइजना मृत्यु भएको छ ।
प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का तोर्ण विकको घरको इनार सफा गर्ने क्रमममा निसास्सिएर उनिहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ पिपिराका बर्ष ३२ विद्या प्रसाद रेग्मी र त्यही ३१ बर्षिया लक्ष्मी कंडेल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेत सुचना अधिकारी वीरेन्द्रबीर विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार अक्सिजनको अभाव भएपछि बेहोस भएका उनिहरुलाई प्रदेश अस्पताल काला गाउँ पु¥याएपनि दुबैजनाको मृत्यु भएको हो ।
वीरेन्द्रनगरमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुइजनाको मृत्यु
वीरेन्द्रनगरमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुइजनाको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु