सुर्खेत । सुर्खेतका तिनजना किसान मुख्यमन्त्री उत्कृष्ट कृषबाट पुरस्कृत भएका छन् ।
प्रदेशको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सम्मान कार्यक्रमको आयोजना गरि कृषि व्यवसायबाट मनग्य आम्दानी गरेका सुर्खेतका तिनजना किसानलाई आज पुरस्कृत गरिएको हो ।
भैसी पालन र तरकारी खेती गर्दै आउनुभएका गुर्भाकोट नगरपालिकाका गोविन्द ओली, च्याउ खेती गर्दै आउनुभएका वीरेन्द्रनगर नगरपालिका ११ का इमानसिंह बस्नेत र श्याम कृषि फर्म संचालन गर्दै आउनुभएका वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ का श्याम पुरी रहनुभएको छ ।
उहाहरुलाई नमुना कृषकको रुपमा छनौट गर्दै क्रमसः ४०, ३० र २० हजारका दरले नगद पुरस्कार प्रदान गरिएको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत कृषि विकास निर्देशनालयले जनाएको छ ।
पुरस्कृत भएका किसानहरुले कृषि क्षेत्रमा पनि राम्रो सम्भावना रहेको भन्दै सरकारले आफुहरुको पेशालाई सम्मान गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।
कृषिमा पनि धेरै सम्भावना र मुल्याङ्कन हुँदा आफुलाई थप हौसला थपिएको पुरिस्कृत कृषक ओलीले बताउनुभयो । “यो सम्मानबाट कृषि क्षेत्रलाई पनि मुल्याङ्कन हुन थालेछ भन्ने लागेको छ । ओलीले भन्नुभयो, मलाई अझै केही गरौँ भन्ने उत्साह थपेको छ ।”
ओली ४ बर्ष विदेशमा बसेर आउनुभएको हो । उहाले स्वदेशमै केही गर्नुपर्छ भन्दै कृषिमा आवद्ध भएर अहिले मासिक २ लाख रकम बचत गर्दै आउनुभएको छ । भने १० जनालाई रोजगारी समेत दिनुभएको छ ।
यस्तै, वीरेन्द्र ११ मा च्याउ खेती गर्दै आउनुभएका इमानसिंह बस्नेतले आफुले सम्मानजनक काम गरेको रहेछु भन्ने महसुस भएको भन्दै उत्पादनमुखि कार्य गर्दा धेरै नाफा रहेको बताउनुहुन्छ । “म आज जीवनकै सबैभन्दा खुशी छु । मैले च्याउ खेती गर्दै आएको छु, मैले सम्मानजनक काम गरेको रहेछु भन्ने महसुस भएको छ ।”
पुरस्कृत अर्का किसान श्याम पुरीले पनि यो सम्मानले आफुलाई उत्साहित बनाएको भन्दै विदेशमा गएर दुख गर्नुभन्दा स्वदेशमै कृषि गर्दा मनग्य आम्दानी लिन सकिने र यसको मुल्याङ्कन हुँदै गएको बताउनुभयो । उहाले मासिक १ लाख रकम बचत गर्दै आउनुभएको छ ।
यता, मुख्यमन्त्री यामलाल कंडेलले तिनैजना किसानलाई सम्मान कृषि क्षेत्रबाट स्वरोजगार बन्न सकिने भन्दै प्रदेश सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । हामीले आगामी आर्थिक बर्षको वजेट कार्यक्रममा “कृषि क्षेत्रलाई पहिलो प्रथमिकता दिएका छौँ । मुख्यमन्त्री कंडलले भन्नुभयो, व्यवसायिक रुपमा कृषिमा लाग्ने किसानलाई सरकारले सहयोग गर्छ ।”
उहाले कृषि क्षेत्रलाई नै प्रथमिकता दिएर प्रदेश सरकारले वजेट कार्यक्रम ल्याएको भन्दै स्वदेशमै कृषि व्यवसाय गर्न सके विदेशिनु नपर्ने बताउनुभयो । “कृषिमा पनि धेरै सम्भावना छ भन्ने सम्मानित तिनजना कृषकले पुष्टी गर्नुभएको छ, उहाहरुजस्तै व्यवसायिक कृषिमा लागे विदेश जानुपर्दैन, स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ मुख्यमन्त्री कंडले भन्नुभयो,”
कृषि विकास निर्देशनालयका निर्देशक चित्र बहादुर रोकायले सुर्खेत जिल्ला पछिल्लो समय कृषि क्षेत्रमा आत्मनिर्भर हुँदै गएको भन्दै युवाहरुको कृषिमा आकर्षण बढ्दै गएको बताउनुभयो ।
मुख्यमन्त्री उत्कृष्ट कृषबाट सुर्खेतका तिनजना किसान पुरस्कृत
मुख्यमन्त्री उत्कृष्ट कृषबाट सुर्खेतका तिनजना किसान पुरस्कृत

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु