सुर्खेत । जलवायु परिवर्तनको असर न्युनिकरणको लागि कर्णाली प्रदेश सरकारले आवश्यक पर्ने नीति तयार गरेको जनाएको छ । अब कार्यविधि बनाएर आगामी बर्षदेखि कार्यक्रमहरु संचालन हुने बताइएको छ ।
आज प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना जलवायु परिवर्तन अनुकुलन तथा राष्ट्रिय निर्धारित योगदान सम्बन्धी कार्याशाला गोष्ठीमा यस्तो जानकारी गराइएको हो ।
आफ्नो प्रस्तुती राख्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख शेर बहादुर श्रेष्ठले प्रदेश सरकारले आफ्नो नीति कार्यक्रममा नै जलवायु परिवर्तनको असर न्युनिकरणको लागि विभिन्न योजनाहरु अगाडी सारेको जानकारी गराउनुभयो ।
प्रदेश सरकारले आगामी बर्षको ल्याएको नीति कार्यक्रममा दिगो वन समृद्ध जीवन भन्ने नाराका साथ वनपैदावरबाट हरित रोजगारी सिर्जना गर्ने योजना बनाएको बताउनुभयो ।
यस्तै, प्रदेश सरकारले जडीबुटी खेती विस्तार वन डढेलो नीयन्त्रण, संकटापन्न वन्यजन्तु तथा वनस्पतीको संरक्षण लगायतका कार्यक्रम ल्याएको भन्दै यसले जलवायु परिवर्नन असर न्युनिकरणमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अब मन्त्रालयले यस सम्बन्धिका कार्यक्रम संचालनको लागि कार्यविधि तयारी गर्न थालेको समेत उहाले उल्लेख गर्नुभयो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका वन अधिकृत रेणुका न्यौपानेले पछिल्लो समय जलवायुमा व्यापक बदलाब आएको भन्दै यसको न्युनिकरणको लागि हरेक व्यक्तीको व्यवहार परिवर्तन हुन आवश्यक रहेको औँल्याउनुभयो ।
कार्यक्रममा जलवायु परिवर्तन सहयोग कार्यक्रमको तर्फबाट पनि काठ दाउँरा व्यवस्थापनका विषयमा प्रस्तुती प्रस्तुत गरिएको थियो ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दुर्ग बहादुर रावतले जलवायु परिवर्तनका कारण अनावृष्टी अतिवृष्टी जस्ता समस्या देखा परेकाले प्रदेश सरकारले पनि त्यही अनुसारका कदमहरु चालिरहेको बताउनुभयो ।
“अहिले तपाईहरुले देखि सक्नुभयोनी, तापमान कति बढेको छ, हिमालमा हिउँ पलिग्लन थाल्यो, कहिले भारी बर्षा हुन्छ, कहिले लामो खडेरी हुन्छ, यो सबै जलवायु परिवर्तनको असर हो । उहाले भन्नुभयो, यो विषयलाई साझा मुद्धा बनाएर अगाडी बढ्नुपर्छ ।”
नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको सहयोगमा प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले गोष्ठी गरेको हो ।
गोष्ठीमा सामुदायिक वनका प्रतिनिधिसहित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
जलवायु परिवर्तन अनुकुलन सम्बन्धिका कार्यक्रमलाई व्यपकता दिइने
जलवायु परिवर्तन अनुकुलन सम्बन्धिका कार्यक्रमलाई व्यपकता दिइने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
