सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सुर्खेत उपत्यकाको खानेपानी समस्यालाई दिगो समाधान गर्न महत्व दिएर वजेट ल्याएको छ ।
त्यसका लागि भेरीको पानी लिफ्टिङ्ग खानेपानी आयोजना अगाडि वढाउन संघीय सरकार, प्रदेश सरकार र विकास साझेदारहरुसंग सहकार्य गर्न १० करोड म्याचिङ फण्डको व्यवस्था गरेको हो ।
यसअघि संघिय र प्रदेश सरकारले पनि यो आयोजनाको लागि रकम विनियोजन गरिसकेका छन् ।
प्रदेशकै ठूलो नगरपालिकाका रूपमा रहेको वीरेन्द्रनगरमा आगामी ३० वर्षमा वृद्धि हुन सक्ने जनसंख्यालाई दीर्घकालीन खानेपानीको सहज आपूर्तिमा पु¥याउने लक्ष्यसहित यो आयोजना निर्माण हुन लागेको छ ।
पाँच सय ५० मिलिमिटर क्षमताको पाइप अमृतडाँडामा राखेर मुख्य ट्याङ्कीसम्म विस्तार गरिनेछ ।
अमृतडाँडामा बनाइने ट्याङ्की ३० लाख क्षमताका तीनवटा रिजर्भ ट्याङ्की निर्माण हुनेछ । लिफ्टिङका लागि दुई मेगावट विद्युत् आवश्यक पर्नेछ । यो आयोजना तिनै तहका सरकारको संयुक्त लगानीमा सम्पन्न हुने छ ।
हाल वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण दैनिक तीन सय २० लिटर प्रतिसेकेन्ड पानीको माग छ । तर, सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले प्रतिसेकेन्ड एक सय त्रिपन्न लिटर खानेपानी आपूर्ति गरेर वितरण गर्दै आएको छ ।
यस्तै, वीरेन्द्रनगर नगरपालिकाको खानेपानीको समस्यालाई तत्काल समाधान गर्न डिप बोरिङ, खानेपानी पाइप लाइन विस्तार तथा पुराना आयोजनाहरुको मर्मत संभार र विस्तारतथा खानेपानी प्रणाली सुधारको लागि वडास्तरीय कार्यक्रम मार्फत यथोचित बजेट विनियोजन नगरपालिको गरेको छ ।
भेरीको पानी लिफ्टिङ्ग खानेपानी आयोजना अगाडि वढाइने
भेरीको पानी लिफ्टिङ्ग खानेपानी आयोजना अगाडि वढाइने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
