सुर्खेत । मानसिक स्वास्थ्यलाई गम्भिर रुपमा लिएर गाउँ गाउँसम्म कार्यक्रम संचालन गर्न सरोकारवालाहरुले सरकारलाई सुझाव दिएका छन् ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना र यसको अवस्थावारे आज सुर्खेतमा आयोजना गरिएको कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन् ।
पछिललो समय बयस्क तथा बालबालिकहरुमा पनि मानसिक स्वास्थ्यको समस्या देखिन थालेको भन्दै सरकारले त्यही अनुसारका योजना बनाएर काम गर्नुपर्ने उनिहरुको सुझाव छ ।
कर्णाली प्रदे अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शीले पछिल्लो समय बालबालिकामा पनि मानसिक स्वास्थ्यको समस्या देखा पर्नु चिन्ताजनक अवस्था रहेको भन्दै यसतर्फ सबै पक्ष गम्भिर रहन आवश्यक रहेको बताउनुभयो ।
कर्णालीको जम्मा जनसंख्या १६ लाख ८८ हजारमध्य ११.७ प्रतिशत वयस्क व्यक्तीहरु कुनै न कुनै मानसिक समस्यामा रहेको पाइएको उहाको भनाई छ ।
चार प्रतिशत बालबालिका पनि मानसिक स्वास्थ्यको समस्याबाट गुज्रिएको भन्दै अब मानसिक स्वास्थ्य सम्बन्धिको योजना बनाउन ढिलाई गर्न नहुने उहाको भनाई छ ।
७० प्रतिशत मानसिकहरु मानसिक स्वास्थ्यको सहज पहुँचमा पुग्न नसकेको सरोकारवालाहरु बताउछन् । “घरघरमा मानसिक स्वास्थ्यको समस्या भोगेका व्यक्तिहरु छन् । यसको उपचार शहर केन्द्रीत मात्रै भयो, डा. समदर्शी भन्नुहुन्छ,” “मानसिक स्वास्थ्यको समस्या भोगेकाहरुलाई भेदभाव तथा लाञ्छना बढी भोग्न बाध्य छन् । विभेद हुँदा झनै पिडितहरु समस्यामा छन्, अब जनचेतनाका कार्यक्रम संचालन गर्न आवश्यक छ ।”
कार्यक्रमममा सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले व्यस्त जिवनशैली आर्थिक अभाव लगायतका कारणले मानसिक समस्या निम्तिन थालेको भन्दै सरकारले रोजगारीका अवसरहरु पनि सिर्जना गर्न पहल गर्नुपर्ने बताउनुभयो ।
कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले मानसिक स्वास्थ्यका विषयमा सडकदेखि सदनसम्म बहस हुन आवश्यक रहेको भन्दै सरकारले पनि त्यही अनुसारको योजना बनाउन आवश्यक रहेको औँल्याउनुभयो ।
कार्यक्रममा स्वीस दूतावासका राजनीतिक सल्लाहकार प्रतिज्ञा सिम्खडा, सामाजिक विकास सचिव दीर्घबहादुर पोख्रेल लगायतले मानसिक स्वास्थ्यका सन्दर्भमा सबै पक्ष गम्भिर हुनुपर्नेमा जोड दिनुभएको छ ।
मानसिक स्वास्थ्यको सेवालाई गम्भीर रुपमा लिएका छौँः मुख्यमन्त्री कंडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मानसिक स्वास्थ्यको सेवालाई गम्भीर रुपमा लिएर सरकारले काम गर्ने बताउनुभएको छ ।
उपचारलाई प्रभावकारी बनाउनेगरी योजना बनाउन आवश्यक रहेको भन्दै यसको उपचार नगरे जटिल र विकराल समस्या आउन सक्नेतर्फ सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो ।
“मानसकि स्वास्थ्य सम्बन्धिको उपचारलाई प्रभावकारी बनाउन म निर्देशन गर्छु । मुख्यमन्त्री कंडेलले भन्नुभयो, अन्धविश्वासलाई पनि हटाउनुपर्छ र यसलाई सामान्य रुपमा लिइयो भने विक्राल रुप पनि निम्तिन सक्छ, त्यसैले अहिलेदेखि नै सचेत भएर काम गर्नुपर्छ ।”
बालबालिका, बयस्क, ज्येष्ठ नागरिक सवैजना यसबाट पीडित भएको हुँदा निराकरणका लागि प्रवद्र्धनात्मक, कार्यक्रम गर्नुपर्ने उहाँको जोड छ ।
प्रदेश सरकारले मानसिक स्वास्थ्य समस्यालाई गम्भीर रुपमा लिएर मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना तयार गरिसकेको मुख्यमन्त्री कंडेलले बताउनुभयो ।
सामाजिक विकास मन्त्री वीरबहादुर शाहीले मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न योजनाहरु बनाइएको भन्दै कार्ययोजना अनुसार नै प्रदेश सरकारले काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।–––
मानसिक स्वास्थ्यलाई गम्भिर रुपमा लिन सुझावः कार्ययोजना बनाउँदै कर्णाली सरकार
मानसिक स्वास्थ्यलाई गम्भिर रुपमा लिन सुझावः कार्ययोजना बनाउँदै कर्णाली सरकार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु