सुर्खेत । कर्णाली प्रदेशमा असार महिनाको आधा समय सकिँदा ४७ प्रतिशत रोपाई भएको छ । सरकारी तथ्याङ्क अनुसार कर्णाली प्रदेशभर ४७ प्रतिशत रोपाई सकिएको हो ।
विशेषगरी मार्सी धान उत्पादन हुने कार्णालीका हिमाली जिल्ला डोल्पा र जुम्लामा ९० प्रतिशत धेरै रोपाई भएको कर्णाली प्रदेश भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता धन बहादुर कठायतका अनुसार दैलेखमा ७० प्रतिशत, सल्यानमा ५२ प्रतिशत, जाजरकोटमा ३२ प्रतिशत, कालीकोट १५ रोपाई भएको छ ।
प्रदेशको सबैभन्दा धेरै धान खेती हुने सुर्खेतमा सबैभन्दा कम पाँच प्रतिशत रोपाई भएको प्रवक्ता कठायतले जानकारी दिनुभयो । “यो बर्ष मनसुनी बर्षाको शुरुवातमै जमिन भिज्नेगरी पानी आएको छ, कठायतले भन्नुभयो, करिब आधा रोपाई भइसकेको छ यही महिनाको २५ गतेसम्म सबै रोपाई भइसक्छ ।”
धान रोपाई गर्दा सकेसम्म २० देखि ३० दिनभित्रको बेर्ना रोप्नु पर्ने बताउदै धेरै बाक्लो रोप्न नहुने बताउनुभयो । उहाँले बाक्लो रोप्दा बेर्नाले राम्रो गाँज हाल्न नपाउने हुँदा उत्पादन घट्ने बताउनुभयो ।
धानको बिऊ छनोट, गोडमेल र सिंचाई व्यवस्थापनमा ध्यान दिन सके उत्पादन बढाउन सकिने उहाको भनाई छ ।–––
कर्णालीमा ४७ प्रतिशत रोपाई सकियो
कर्णालीमा ४७ प्रतिशत रोपाई सकियो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु