सुर्खेत । सिम्ता गाउँपालिका वडा नम्बर ८ ले आर्थिक बर्ष २०८०÷०८१ को सार्बजनिक सुनुवाई सम्पन्न गरेको छ ।
सोसियल रिसर्च एण्ड मिडिया सेन्टर सुर्खेतको सहजिकरणमा वडा सिम्ता गाउँपालिका वडा नम्बर ८ को सार्बजनिक सुनुवाई सम्पन्न गरेको हो ।
वडाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी सार्बजनिक सुनुवाईको आयोजना गरिएको वडा अध्यक्ष चेत बहादुर रेग्मीले बताउनुभयो ।
उहाले आगामी बर्षदेखि बर्ष २ पटक सार्बजनिक सुनुवाई गरिने भन्दै सु–साशन कायम राख्न आफ्नो पहिलो प्रथामिकता रहेको बताउनुभयो । उहाँले प्रदेश र संघ सरकारबाट थोरैमात्रै बजेट विनियोजन ह्ुदाँ सोचे अनुरुपको विकास हुन नसेको बताउनुभयो ।
कार्यक्रममा सहभागि भएका स्थानीयले सडकको अवस्था सुधार गर्न, विद्युत र सञ्चार सेवालाई प्रभावकारी बनाउन पहल गर्न, स्वास्थ्यमा सबै नागरिकको पहुँच पुग्नेगरी योजना बनाउन सुझाव दिएका छन् ।
कार्यक्रममा सहभागि स्थानीय वकिल विसीले वडामा बाटोघाटोको समस्या रहेको भन्दै यसको समाधान गरिदिन माग गर्नुभयो ।
जवाफमा वडा अध्यक्ष रेग्मीले आगामी बर्षदेखि बाटोहरु सुधार गरेर स्तरिय बनाउन पहल गरिने प्रतिवद्धता जनाउनुभयो ।
उहाले वडाका समग्र समस्याको समाधान गर्दै लैजाने समेत प्रतिवद्धता जनाउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा जवाफदेहि वक्ताको रुपमा वडा अध्यक्ष रेग्मी, वडा सचिव तिलक नेपाली, वडा प्राविधिक भुपेन्द्र केसी लगायत हुनुहुन्थ्यो ।
सार्बजनिक सुनुवाई कार्यक्रममा ५० भन्दा बढिको सहभागीता रहेको थियो । यसैबीच वडाले जेष्ठ नागरिकहरुलाइ छाता र लौरी वितरण गरेको छ । वडामा रहेका ८० बर्षमाथीका २९ बर्षमाथीका जेष्ठ नागरिकलाइ छाता र लौरी वितरण गरिएको हो ।