सुर्खेत । सुर्खेतको वराहाताल गाउँपालिकाले ५५ बर्ष माथीका नागरिकलाई लक्षित गरि स्वास्थ्य शिविर संचालन गरि स्वास्थ्य परिक्षण गरेको छ ।
नागरिक स्वास्थ्य कार्यक्रम अन्तरगत ५५ बर्ष माथीका व्यक्तीको शिविरमा स्वास्थ्य परिक्षण गराइएको हो ।
गाउँपालिकाको समन्वयमा असार १२ गतेदेखि संचालन गरिएको स्वास्थ्य शिविरमा नसर्ने रोग अन्तरगत उच्चरक्तचाप, मधुमेह र मृगौल रोगको जाँच गरिएको गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारीले जानकारी दिनुभयो ।
नजिकै रहेको स्थानीय सरकारको अनुभुती हुनुपर्ने भन्दै नागरिकको स्वास्थ्यप्रति सरकारको पनि दायित्व हुने भएकाले स्वास्थ्य शिविर संचालन गरि दिर्घ रोगको अवस्था पहिचान गरिएको बताउनुभयो ।
स्वास्थ्य शिविरबाट २ हजारभन्दा धेरै नागरिकले सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखाका विष्णु गुरुङ्गले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविर वडा नं. २ को पाग्म , गिरिघाट र हरिहरपुर स्वास्थ्य चौकी, वडा नं. ४ को साजघाट, चन्द्रीबाँज र तरंगा स्वास्थ्य चौकी, वडा नं. ७ को नयाँवन, गाहाथाल र पोखरिकाँडा स्वास्थ्य चौकिमा संचालन गरिएको थियो ।
यसैगरी, वडा नं. ८ को ओदालताल, रानिवन र कपासे हुँदै दमार, वडा नं. ९ को सिरुपाटा, सलैना र लेखगाँउ स्वास्थ्य चौकि वडा नः ५ कुनाथारी स्वास्थ्य चौकि र चेपाङ्ग स्वास्थ्य चौकि वडा नंः १ मग्राह, गाडापानी, श्रीचौरमा स्वास्थ्य शिविर संचालन गरिएको थियो । शिविर बिहीबार २० गतेसम्म संचालन भएको थियो ।
यसैबिच, नागरिकको स्वास्थ्यलाई पहिलो प्रथमिकता दिएको भन्दै गाउँपालिका अध्यक्ष भण्डारीले आफ्नो जन्मदिनको अवसरमा स्वास्थ्य शिविर संचालन गरेको बताउनुभयो ।
जन्मदिनको अवसरमा जेष्ठ नागरिकहरुसँग मनाइएको र उनिहरुको स्वास्थ्य अवस्थाको पहिचान गरिएको उहाको भनाई छ ।