सुर्खेत । कर्णालीका बहिरा व्यक्तीहरुलाई केक बनाउने सिप सिकाइएको छ ।
गुर्भाकोट नगरपालिका वडा नम्बर १४ को समन्वय र फेल्म नेपालको आर्थिक सहयोग तथा परिलक्षित संस्थाको आयोजनामा केक बनाउन सिकाइएको हो ।
मुगु र दैलेखका २ जना व्यक्तीहरुलाई १५ दिनसम्म केक बनाउने सिप सिकाइएको परिलक्षित संस्थाका फिल्ड कार्यक्रम अधिकृत राजु लामिछानेले जानकारी दिनुभयो ।
बहिरा व्यक्तीहरुलाई पनि स्वरोजगार बनाउने उद्देश्यले तालिम संचालन गरिएको भन्दै आगामी दिनमा उनिहरु आफ्नै ठाउँमा आत्मनिर्भर हुने उहाको भनाई छ ।
तालिमको सहजिकरण पनि बहिरा व्यक्ती हेमन्त बुढा मगरले दिनुभएको थियो । बहिरा व्यक्तीहरुलाई सिप सिक्नको लागि सांकेतिक भाषाको आवश्यकता पर्ने भएको हुँदा बुढामगरलाई सहजिकरणको जिम्मा दिइएको थियो ।
परिलक्षित संस्थाले विशेषगरी अपाङ्गता भएका व्यक्तीहरुलाई विभिन्न सिपमुलक तालिमहरु सिकाएर स्वरोजगार बनाउँदै आएको छ ।