सुर्खेत । कर्णालीमा एक बर्षको अवधीमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यू भएको छ ।
गत आर्थिक बर्ष २०८०÷०८१ मा कर्णाली प्रदेशभर एक हजार ४ सय ४५ सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ८६ जना पुरुष, १६ जना महिला र १० जना बालबालिका रहेको छन् ।
तथ्याङ्कअनुसार सबैभन्दा धेरै दुर्घटना सुर्खेतमा भएको देखिन्छ । सुर्खेतमा ९ सय ५९ वटा सवारी दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ ।
सल्यानमा एक सय ३० सवारी दुर्घटना हुँदा १९ जना मृत्यु हुँदा रुकुम पश्चिममा ९३ वटा सवारी दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, गत बर्ष कालिकोटमा ४८ वटा सवारी दुर्घटना भएका छन्, दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ ।
यस्तै, जाजरकोटमा ६८ वटा दुर्घटना ५ जना, दैलेखमा ७० वटा सवारी दुर्घटना हुँदा १० जना, जुम्लामा ४१ सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता बिर बहादुर ओलीले जानकारी दिनुभयो ।
मुगुमा १२ वटा सवारी दुर्घटना भएका छन् भने दुर्घटनामा ८ जनाको मृत्यु हुँदा हुम्लामा १९ वटा सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । डोल्पामा १३ वटा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको उहाले जानकारी दिनुभयो ।
दुइहजारभन्दा धेरै व्यक्ती घाइते
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सवारी दुर्घटना परी एक बर्षको अवधीमा दुइ हजार ७७ जना घाइते भएका छन् । घाइतेमध्य ५ सय २४ जना गम्भिर र अन्य सामान्य रहेका छन् ।
घाइतेमध्य सबैभन्दा धेरै सुर्खेतका ११ सय ८४ जना छन् भने सल्यानका २ सय ७१, रुकुम पश्चिमका १ सय ५६, कालिकोटका ९६, जाजरकोटका ८७, दैलेखका एक सय ३८ जना रहेका छन् ।
यस्तै, जुम्लाका ६०, मुगुका ३९, डोल्पाका २१ र हुम्लाका २६ जना रहेको प्रदेश प्रहरी कार्यालले जनाएको छ ।
मोटरसाइकल, स्कुटर र अटो दुर्घटना धेरै
प्रहरीको तथ्याङ्कअनुसार कर्णालीमा भएका सवारी दुर्घटनामध्य सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर रहेका छन् । गत आर्थिक बर्षको अवधीमा प्रदेशभर ७ सय ७१ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटना भएका छन् ।
त्यसपछि एक सय ६५ वटा अटो रिक्सा दुर्घटना पर्दा दुइसय १८ वटा जीप तथा कार, ९१ वटा ट्रयाक्टर दुर्घटना भएका छन् ।
एक बर्षको अवधीमा ७० वटा बस दुर्घटना भएका छन् भने ६९ वटा ट्रक÷टेकंर दुर्घटना परेको प्रहरीले जनाएको छ ।
यस्तै, २७ वटा माइक्रो फोर्स, १५ वटा टिप्पर, १४ वटा डोजर तथा लोडर दुर्घटना परेको तथ्याङ्क प्रहरीसँग रहेको छ ।
चालकको लापरवाही र सडकको अवस्थाले बढायो दुर्घटना
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ओलीका अनुसार कर्णालीमा सवारी दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही र सडकको अवस्था सुधार हुन नसक्नु रहेको बताउनुभएको छ ।
उहाले गत बर्ष मात्रै चालकको लापरवाहीका कारण मात्रै ९ सय ३१ वटा दुर्घटना भएको बताउँदै थोत्रा सवारी साधनहरुको प्रयोगले समेत दुर्घटना बढेको जानकारी दिनुभयो ।
कर्णाली राजमार्ग लगायतका सडक खण्डहरुको अवस्था नाजुक रहेका कारण पनि सवारी दुर्घटना बढेको र यात्रा गर्न जोखिम रहेको उहाको भनाई छ ।
सवारी दुर्घटना न्युनिकरणको लागि ट्राफिक नीयमको पालना र सडक स्तरउन्नती हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिँदै आएका छन् ।
कर्णालीमा सवारी दुर्घटनाः एक बर्षको अवधीमा एक सय १२ जनाको मृत्यू
कर्णालीमा सवारी दुर्घटनाः एक बर्षको अवधीमा एक सय १२ जनाको मृत्यू
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
