सुर्खेत । कर्णाली प्रदेश सरकारले कृषिको क्षेत्रमा उल्लेख्य प्रगती गरेको दाबी गरेको छ ।
प्रदेशको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक बर्ष २०८०÷८१ मा कृषि क्षेत्रमा उल्लेख्य प्रगती गरेको दाबी गरेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा उपलब्धीहरु सार्बजनिक गर्दै मन्त्रालयका प्रवक्ता धन बहादुर कठायतले मन्त्रालयको चालु र पुँजीगततर्फ गरी २ अर्ब १४ करोड ९२ लाख ९७ हजार मध्य ६८.१५ प्रतिशत वित्तिय प्रगती भएको बताउनुभयो ।
जुन रकमबाट कृषि व्यवसायमा संङ्लग्न २५ हजार ८ सय १२ घरधुरी लाभाम्बित भएको भन्दै औषदमा प्रति घरधुरी ५६ हजार ७ सय ४५ रुपैयाँ लगानी भएको उहाले जानकारी दिनुभयो ।
सरकारले गत आर्थिक बर्षमा ६ सय २७ वटा सिंचाई आयोजना निर्माण गर्ने लक्ष्य लिएको भएपनि ५ सय ७५ वटा योजनाहरु निर्माण गरेको छ, जसबाट ७ हजार ४ सय ७५ जना कृषकहरु लाभाम्वित भएका छन् ।
मन्त्रालयले गत बर्ष ९ सय ५ हेक्टर जमिनमा सिंचाई सुविधा सुधार गरेको छ भने एक सय ५ हेक्टर नयाँ जग्गामा सिंचाई सुविधा पुगेको छ ।
कृषकहरुलाई दुधमा समेत अनुदान दिइएको भन्दै मन्त्रालयका प्रवक्ता कठायतले साविकका कर्णाली अञ्चलमा १० रुपैयाँ र अन्य जिल्लामा ५ रुपैयाँ दुधमा दिइएको अनुदानबाट ३ हजार ७ सय ७६ किसान लाभाम्बित भएको बताउनुभयो ।
त्यसैगरी, भुकम्बबाट प्रभावित जिल्लाहरुका १३ सय २० कृषकहरुका पशुपंक्षी भएको क्षतीको राहत स्वरुप २३ लाख ८७ हजार र तरकारी तथा मकैको क्षती पुगेका ३ हजार ८ सय ३७ जना कृषकलाई ९१ लाख ४९ हजार रकम प्रदान गरिएको मन्त्रालयले आफ्नो प्रगतिमा राखेको छ ।
कर्णालीका १० वटै जिल्लामा विभिन्न प्रजातीका करिब २ लाख फलफुलका बिरुवा वितरण गरि पकेटअनुसारको फलफुल खेतीको विस्तार गरिएको बताउनुभयो ।
कर्णालीमा नश्ल सुधार गरी मासु तथा दुधको उत्पादन गर्नको लागि तयारी थालिएको, मन्त्रालय र मातहतका नीकायबाट गत आर्थिक बर्षमा ४७ लाख ८१ हजार ७ सय राजस्व संकलन भएको जनाइएको छ ।
कार्यक्रममा बोल्दै भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनोद कुमार शाहले कृषि तथा पशुपालन क्षेत्रमा युवाहरुलाई रोजगारीको बाटोमा लैजाने योजना रहेको बताउनुभयो ।
उहाले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि ५ वटा ऐन र दुइवटा नियमावली निर्माण भएको जानकारी दिनुभयो ।
कृषिको क्षेत्रमा उल्लेख्य प्रगती भएको कर्णाली प्रदेश सरकारको दाबी
कृषिको क्षेत्रमा उल्लेख्य प्रगती भएको कर्णाली प्रदेश सरकारको दाबी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु