सुर्खेत । अपाङ्गता भएका व्यक्तीहरुको अधिकार सम्बन्धि महासन्धीमा सुनिश्चित गरेका अधिकारहरुको कार्यान्वयन कर्णाली प्रदेशमा न्युन रहेको पाइएको छ ।
यो महासन्धीको नेपाल पक्ष राष्ट्र भएपनि महासन्धीमा उल्लेखित अधिकारहरुको कार्यान्वयन हुन नसकेको देखिएको हो ।
राष्ट्रिय अपाङ्ग महासंघले कर्णाली प्रदेश सरकारका विभिन्न नीकायमा गरेको अध्ययनले महासन्धीमा उल्लेखित विषयहरुको कार्यान्वयनको अवस्था न्युन रहेको पाइएको हो ।
महासन्धीको धारा ९ मा पहुँच युक्तताको व्यवस्था गरिएको भएपनि कर्णाली प्रदेशमा अपाङ्गताको पहुँचयुक्तता विषयमा वृस्तृत पक्षहरुको बारेमा जानकारी नभएको पाइएको राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले जानकारी दिनुभयो ।
पहुँच युक्तता सम्बन्धी राष्ट्रिय मापदण्डकै प्रयोग गर्ने विषय अनिवार्य रुपमा नलिइएको पाइएको उहाले बताउनुभयो ।
यसैबिच, विपद् जोखिम न्युनिकरण सम्बन्धी कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तीहरुलाई समावेश नगराइएको, विपद् जोखिम न्युनिकरण सम्बन्धी योजना तथा कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तीहरुको सहभागिता अनिवार्य बनाउने सम्बन्धमा ध्यान नदिइएको पाइएको छ ।
जबकी विपद्को बेलामा अपाङ्गता भएका व्यक्तीहरु धेरै जोखिममा पर्ने गरेको भन्दै महासन्धीले व्यवस्था गरेको व्यवस्था अनुसार कार्यान्वयन गर्न गम्भिर हुनुपर्ने शर्माले माग गर्नुभयो । उहाले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तीहरुको अधिकार सम्बन्धि महासन्धीमा सुनिश्चित गरेका अधिकारहरुको कार्यान्वयन नभएको हाम्रो अध्यनबाट पाइयो, अझै विपद्को बेलामा अति जोखिमा पर्ने भनेको अपाङ्गता भएका व्यक्तीहरु हुन्, त्यसैले विपद् व्यवस्थापन प्रतिकार्य योजना बनाउँदा अपाङ्गताको सहभागिता अनिवार्य गर्न आवश्यक छ ।”
यसैगरी, कर्णालीमा अपाङ्गता भएका व्यक्तीहरुको न्यायमा पहुँच पनि कमजोर रहेको पाइएको छ ।
विशेषगरी उजुरी, बयान, र संरचनाहरु अपाङ्गतामैत्री हुन नसक्दा उनिहरुको न्यायको पहुँचमा पुग्न नसकेको महासंघको निश्कर्ष छ ।
शोषण, हिंसाबाट मुक्ति गर्ने खालका जनचेतनामुलक कार्यक्रम बाहेक अन्य केही क्रियाकलाप नभएको देखिएको महासंघले जनाएको छ ।
यस्तै, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतलाई सुनिश्चित गर्नुपर्ने महासन्धीमा प्रष्ट उल्लेख भएपनि यस्ता विषयमा पनि सरकारले त्यती चासो नदिँदा अपाङ्गता भएका व्यक्तीहरुको पहुँच पुग्न नसकेको निश्कर्ष अपाङ्ग महासंघको रहेको छ ।
अपाङ्गताको अधिकारको सवालमा गम्भिर बनौँः सरोकारवाला
कर्णाली प्रदेशका सरोकारवाला व्यक्तीहरुले अपाङ्गताको सवालमा गम्भिर भएर लाग्नुपर्ने सुझाव दिएका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको गोष्टीमा सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशका संयोजक मान बहादुर कार्कीले अपाङ्गताको अधिकारको सन्दर्भमा सरकार गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।
धेरै सेवा प्रदायक नीकायहरु अपाङ्गतामैत्री नभएको भन्दै यतातर्फ सरकारले ध्यान दिनुपर्ने उहाको सुझाव छ ।
इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले पनि अपाङ्गता भएका व्यक्तीहरुलाई हरेक क्षेत्रमा पहुँचयोग्य बनाउन सके मात्रै संविधानले दिएको अधिकार कार्यान्वयन हुने बताउनुभयो ।
नेपालमा कानुनहरु प्रसस्त बनेको तर कार्यान्वयन पक्ष फितलो रहेको उहाको भनाई छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सुनिता केसीले कर्णाली सरकारले अपाङ्गताको सवालमा सुधारात्मक काम गर्दै गएको दाबी गर्नुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि, अधिकारकर्मी, सरोकारवालाहरुको सहभागिता रहेको थियो ।–––
अपाङ्गता भएका व्यक्तीहरुको सुनिश्चित अधिकार कार्यान्वयन गर्न माग
अपाङ्गता भएका व्यक्तीहरुको सुनिश्चित अधिकार कार्यान्वयन गर्न माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
