सुर्खेत । कर्णाली प्रदेशमा जेठ २८ यता मनुसुनी विपद्का कारण करोडौंको नोक्सानी भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार डेढ महिनाको अवधीमा प्रदेशका १० जिल्लामा गरी २ करोड २८ लाख ५५ हजार ९ सय ३७ रुपैयाँको क्षति भएको हो ।
सबैभन्दा धेरै दैलेखमा ७० लाखको क्षती भएको तथ्याङ्क छ । यो अवधीमा दैलेखमा २३ वटा विपदजन्य घटना भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी, सुर्खेतमा १९ वटा विपद्का घटना भएका छन्, जसबाट १० लाखको नोक्सानी भएको छ भने जाजरकोटमा ३३ वटा घटना हुँदा ३० लाखको नोक्सानी भएको प्रहरीले जनाएको छ ।
यस्तै, सल्यानमा २४ वटा विपद्जन्य घटनामा ५१ लाख ३० हजारको नोक्सानी हुँदा रुकुम पश्चिममा ४७ मनसुनजन्य घटना भएको तथ्याङ्क छ । जसबाट १६ लाख ९९ हजारको नोक्सानी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बीर बहादुर ओलीले जानकारी दिनुभयो ।
कालिकोटमा एक सय २ वटा मनसुनजन्य घटनामा १८ लाख ५० हजार, जुम्लामा ४ वटा घटनामा ४० लाख, डोल्पामा १६ वटा मनसुनजन्य घटना यो अवधीमा भएका छन्, जसबाट १९ लाख ५० हजारको क्षती भएको उहाले जानकारी दिनुभयो ।
हुम्ला र मुगुमा कुनै पनि नोक्सानी नभएको भन्दै हालसम्म यी दुइजिल्लामा ३३ वटा मनसुनजन्य घटना भएको उहाको भनाई छ ।
विपद्का घटनामा ९ जनाको मृत्यु
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार गत जेठ २८ देखि हालसम्म कर्णालीमा मनसुनजन्य विपद्का घटनामा ९ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् ।
जसमध्य सुर्खेतमा २, दैलेखमा १, जाजरकोटमा २, रुकुम पश्चिममा ४ जनाको मृत्यु भएको हो । भने रुकुम पश्चिका एकजना अझै बेपत्ता रहेको प्रदेश प्रहरी प्रवक्ता ओलीले बताउनुभयो ।
यसैबिच, ४६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा जाजरकोटका २२ जना, रुकुम पश्चिमका ११ जना, कालिकोटका ७ जना, दैलेखका ४ जना र सुर्खेत र डोल्पाका एक/एक जना रहेका छन् ।
यस्तै, विपद्बाट कर्णाली प्रदेशभर ४५ घरपरिवारका २ सय ५ जना विस्तावित भएको ओलीले जानकारी दिनुभयो । उनिहरुलाई अहिले स्थानान्तर गरिएको उहाको भनाई छ ।
बाढी पहिरोबाट डेढ महिनाको अवधीमा कर्णालीभर १ सय ६ वटा पशु चौपाय मरेका छन् । भने ४५ वटा घाइते भएका छन् भने ७५ वटा बेपत्ता छन् ।
बाढी, पहिरोले ७० घरहरु पूर्ण रुपमा र ५४ घरहरु आशिंक रुपमा क्षती पुगेको प्रहरी तथ्याङ्कमा छ ।
यसैबिच, २७ वटा साना उद्योगहरु पूर्ण रुपमा क्षती भएका छन् भने २ वटा विद्यालय पूर्ण तथा २ वटा विद्यालयमा आंशिक क्षती पुगेको छ ।
४ वटा सरकारी कार्यालयमा बाढी पहिरोले क्षती पुग्दा २ वटा संघसंस्थाका भौतिक संरचनामा क्षती पुगेको छ ।–––
कर्णालीमा मनुसुनी विपद्ः डेढ महिनाको अवधीमा २ करोड ढीको क्षती
कर्णालीमा मनुसुनी विपद्ः डेढ महिनाको अवधीमा २ करोड ढीको क्षती
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
