सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । एमाले नेतृत्वको कर्णाली सरकारमा कांग्रेसबाट सहभागी भएका ४ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामा नियुक्त हुनुभएको हो ।
नवनियुक्त चार मन्त्रीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले आज दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
कर्णालीमा कांग्रेस सरकारमा सहभागीः ४ मन्त्रीले लिए शपथ
कर्णालीमा कांग्रेस सरकारमा सहभागीः ४ मन्त्रीले लिए शपथ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
