सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाउनुभएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई नेपाली कांग्रेस र एमालेका सांसदहरुले विश्वासको मत दिएका हुन् ।
मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ अनुसार संसदमा विश्वासको मतको लागि प्रस्ताव पेश गर्नुभएको थियो । जसको पक्षमा २३ र विपक्षमा १४ मत परेको पर्यो ।
कँडेललाई एमालेका ९, कांग्रेसका १४ जना सांसदले मत दिएका थिए । मत नदिनेमा प्रतिपक्षी दल माओवादीका १३ र समाजवादीको एक जना सांसद रहेका छन् । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि कम्तीमा २१ सिट आवश्यक पर्छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेललाई दोस्रोपटक विश्वासको मत
कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेललाई दोस्रोपटक विश्वासको मत
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
