सुर्खेत । कर्णाली प्रदेश सरकारले विभिन्न विपद्का घटनामा मृत्यु भएका व्यक्तीका परिवारका लागि राष्ट्रिय बीमा कम्पनीमार्फत ३ करोड ४० लाख रकम उपलब्ध गारएको छ ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गत आर्थिक बर्ष २०८०÷८१ को साउन महिनादेखि असार महिनासम्म भुकम्प, बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट मृत्यु भएका परिवारका एक सय ७१ जना हकवालालाई ३ करोड ४० लाख भुक्तानी गरेको हो ।
विशेषगरी जाजरकोट भुकम्पमा परि मृत्यु भएका १ सय ५१ व्यक्तीका परिवारलाई दुइ लाखका दरले ३ करोड रकम विमा मार्फत भुक्तानी गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।
मन्त्रालयका अधिकृत कमल साप्कोटाले जाजरकोट भुकम्पबाट मृत्यु भएका ३ जनाको रकम भुक्तानी प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
यसैगरी, भुकम्प बाहेक अन्य विपद्मा परि मृत्यु भएका २० जना परिवारलाई ४० लाख रकम विमा मार्फत भुक्तानी गरिएको उहाको भनाई छ ।
कर्णालीका १७ लाख नागरिकलाई विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको उहाले जानकारी दिनुभयो ।
“अहिलेसम्म जाजरकोट भुकम्पमा परि मृत्यु भएका एक सय ५१ जनामध्य ३ जनाको प्रक्रियामा छ, भने बाँकी सबैको बिमा मार्फत रकम भुक्तानी भइसकेको छ, उहाले भन्नुभयो,” “अन्य विपद्मा परि मृत्यु भएका प्रदेशका २० जनाको पनि रकम भुक्तानी भइसकेको छ । भुक्तानी हुन बाँकी रहेका परिवारलाई पनि चाँडै रकम दिन्छौँ ।”
राष्ट्रिय बीमा कम्पनी कर्णाली प्रदेशले केहीको कागज नपुगेका कारण भुक्तानी हुन नसकेको बताएको छ ।
आन्तरिक मामिला मन्त्रालयका अनुसार गत आर्थिक बर्ष २०८०÷०८१ मा विपद्बाट जाजरकोटमा सबैभन्दा बढी जाजरकोटमा १ सय ५१ जनाको भुकम्पमा परि मृत्यु भएको छ ।
अन्य २० जनाको बाढी, पहिरो लगायतका घटना परेर मृत्यु भएको हो ।
प्रदेश सरकारको ‘विपद् जोखिम बीमासम्बन्धी कार्यविधि, २०७६’ अनुसार विपद्बाट मृत्यु भएका परिवारका लागि दुई लाख र आवास बीमाअन्तर्गत पाँच लाख उपलब्ध गराउने उल्लेख छ ।
कर्णालीमा सामुहिक दुर्घटना बिमाः विपद्मा मृत्यु भएका परिवारलाई ३ करोड बढी रकम भुक्तानी
कर्णालीमा सामुहिक दुर्घटना बिमाः विपद्मा मृत्यु भएका परिवारलाई ३ करोड बढी रकम भुक्तानी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
